सरकारले घटायो कोरोना परीक्षण शुल्क

काठमाडौँ, २७ असोज । सरकारले कोरोना भाइरस पहिचान गर्नकाे लागि एन्टिजेन किटमार्फत परीक्षण गर्न अनुमति दिएकाे छ । यस विधिबाट गरिने परीक्षण शुल्क एक हजार रुपैयाँ ताेकिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका प्रवक्ता गौतमले एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्दा अधिकतम एक हजार रुपैयाँमात्रै शुल्क लिने व्यवस्था गरिएको बताए । उनले शुल्क समयअनुकुल परिमार्जन गर्दै लगिने बताए ।

यस्तै प्रवक्ता गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएका प्रयोगशालाले मात्र परीक्षण गर्न पाउने जानकारी दिए ।

यसरी टेष्ट गर्दा पोजेटिभ आएकाहरुको रिपोर्ट उपत्यकाको हकमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र बाहिर सम्बन्धित स्वास्थ्य कार्यालयलाई पनि जानकारी गराउनुर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्