जनप्रतिनिधिको सक्रियताले महाँकाल गाउँपालिकामा विकास निर्माण तिब्र

ललितपुर, २७ असोज । महाँकाल गाउँपालिकामा विकास निर्माणको कामले तिब्रता पाएको छ । स्थानीय तहको निर्वाचनपछि गाउँपालिकामा विकास निर्माणको कामले तिब्रता पाएको हो । निर्वाचित जनप्रतिनिधि आएपछि सबै जसो वडाको टोलमा बाटो पुगेको छ । सबै वडा कार्यालयमा इन्टरनेटको सुविधा पुगेको महाँकाल गाउँपालिकाले जनाएको छ ।

‘अहिलेसम्म दुई हजार घरपरिवार भन्दा बढीलाई एक घर एक धारो पु¥याएका छौ । अब धारो पु¥याउन बाँकी ३०० घर छन’ गाउँपालिका अध्यक्ष रामचन्द्र दाहालले भन्नुभयो “त्यो पनि यो वर्ष पूरा हुन्छ ।”

गाउँपालिका भित्र ४० प्रतिशत घरमा बिजुली बत्ति बल्न बाँकी थियो । हामी निर्वाचित जनप्रतिनिधि आएपछि अहिले सबै घरमा बिजुली बत्ति पुगेको उहाँले बताउनुभयो ।

अहिले सबै वडा कार्यालय, हेल्थ पोष्टमा इन्टरनेटको सुविधा पुगेको छ । यो वर्ष सबै विद्यालयका भौतिक पूर्वाधार निर्माण भइसक्ने छ । हामीले यो बीचमा बुखेल हेल्थ पोष्ट,चन्दनपुर हेल्थ पोष्ट, ठूला दुर्लङ हेल्थ पोष्टको, कालेश्वर हेल्थपोष्टको लागि जग्गा किनेर हेल्थ पोष्ट बनाएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

गाउँपालिकाको ६ वटै वडामा रहेको हेल्थ पोष्टमा यस वर्ष भित्रै भवन निर्माण सम्पन्न भइसक्ने छन् । आगामी मङ्सिर १ गते भित्र गाउँपालिका आफैको वडा नं. २ स्थित खोरभञ्ज्याङमा पालिका स्तरीय १५ बेडको अस्पतालको सुरुवातगरिने योजना गाउँपालिकाले बनाएको छ ।

सबै विद्यालयमा प्रत्यक्ष अनुभुती गर्ने गरी शैक्षिक सुधारका काम भएका छन् । विद्यालयको प्रशासनिक सुधार मावि र निमावि कक्षा १ देखि ८, १ देखि १० र १ देखि १२ सम्मका विद्यालयमा आईसिटि क्लासको बेस बनाएका अध्यक्ष दाहालले बताउनुभयो ।

कम्प्युटर ल्याब, पुस्तकालय, विज्ञान ल्याबको व्यवस्था गरेका छ । यि सबै काम हामी निर्वाचित जनप्रतिनिधि आएपछि भएको उहाँले स्पष्ट गर्नुभयो । महाँकाल गाउँपालिकाले दश वर्षे गुरुयोजना निर्माण गरी व्यवस्थित विकास निर्माण र गाउँपालिकालाई समृद्धि गर्ने योजना बनाइ कार्यान्वयन गर्न शुरुवात गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ वैशाख । खरबुजा गर्मीको बेला हाम्रो शरीरलाई निकै फाइदाजनक फल हो । खरबुजामा पाइने पानीको कारणले शरीरलाई हाइड्रेटेड

काठमाडौँ, ६ बैशाख । पोखराको राष्ट्रबैंक चोकमा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् । कास्की प्रहरीका

काठमाडौँ, ६ बैशाख । यूएईलगायत खाडी क्षेत्रमा भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सयौँ यात्रु अलपत्र परेका

काठमाडौँ, ६ बैशाख । धनुषामा एक ट्रक प्याज बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२