अमेरिकी राष्ट्रपति ट्रम्प कोरोनामुक्त

काठमाडौँ, २७ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

ह्वाइट हाउस फिजिसियन डा. शन कन्लीले स्थानीय समय अनुसार सोमबार बेलुका ट्रम्प संक्रमणको १२ दिनपछि संक्रमण मुक्त भएको बताएका हुन् ।

उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । डा. कन्लीले जारी गरेको वक्तव्यमा ट्रम्पको रिपोर्ट नेगेटिभ आएको र अरुमा संक्रमण नफैलाउने उल्लेख गरेको छ ।

कोरोना भाइरसबाट मुक्त भएका ट्रम्प चुनावी अभियानमा सामेल भएका छन् । उनले फ्लोरिडाको सनफोर्डमा चुनावी सभालाई सम्बोधन गरेका छन् ।

अक्टोबर १ मा ट्रम्पमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी तीन दिनसम्म अस्पताल बसेका थिए । ट्रम्पसँगै उनको वरपरका शीर्ष अधिकारीहरु पनि संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कैलाली, १५ कार्तिक । कैलालीमा २९ जना जुवाडेलाई प्रहरीले प्रकाउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला

दमक, १५ कार्तिक । गुडिरहेको मोटरसाइकलबाट खसेर घाइते भएकी झापा गौरीगन्ज गाउँपालिका ५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारका क्रममा

काठमाडौँ, १५ कार्तिक । नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान

काठमाडौँ, १५ कार्तिक । कोभिड–१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट