मेयर र सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि

महोत्तरी, २७ असोज । महोत्तरीमा जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सोमबार अबेर राति नगरप्रमुख साह आफैँले आफ्नो पिसीआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गरेका छन् । त्यस्तै महोत्तरीका राससकर्मी गोपालप्रसाद बराल र कान्तिपुरकर्मी सुनिता बराल पिसीआर परीक्षणबाट कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेसनमा छन् । गोपालको गत बिहीबार र सुनिताको गत शनिबार सङ्क्रमण पुष्टि भएको हो ।

यसअघि अन्नपूर्णकर्मी राजकरण महतो र न्यूज–२४ का ललनकुमार मण्डलमा कोभिड–१९ पुष्टि भएको थियो । यद्यपि महतो र मण्डल दुवै सङ्क्रमणमुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ८ कार्तिक । नेपालीहरुको महान् चाड विजय दशमी कोरोना कहरकाबीच पनि नागरिकले स्वास्थ्य मापदण्ड पालना गरी मनाई रहँदा नेपाल

shankar-pokharel

काठमाडौँ, ८ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा नेपालहरुको महान् चाड विजया दशमीको शुभकामना व्यक्त गर्नुभएको छ । आज

काठमाडौँ, ८ कार्तिक । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला

काठमाडौँ, ८ कार्तिक । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि सरकारले ल्याउन लागेको ‘किसान क्रेडिट