सर्वोच्च बारले बनायो निर्वाचन समितिः संयोजकमा अधिवक्ता खड्का

काठमाडौँ, २७ असोज । सर्वोच्च अदालत बार एशोसिएशनको सम्पन्न पूर्ण बैठकले आगामी नयाँ कार्यसमितिको निर्वाचनको लागि कार्यसमितिका उपाध्यक्ष अधिवक्ता राजु खड्काको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति बनाएको छ ।

गत २०७५ साल श्रावणदेखि २ वर्षको कार्यावधिसहित निर्वाचित बर्तमान कार्यसमितिले गत आषाढ महिनाभित्रैमा आगामी कार्यसमितिको लागि निर्वाचन सम्पन्न गरी श्रावण महिनाको शुरुवातसंगै कार्यभार हस्तान्तरण गरिसकेको हुनुपर्नेमा विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोबिड १९) ले नेपाललाई समेत आक्रान्त पार्दै लगेको परिप्रेक्ष्यमा नेपाल सरकारले देशभर लागु हुने गरी गत २०७६ साल चैत्र महिनादेखि नै लकडाउन गरेको र पछि केहि समयको लागि लकडाउन हटाएको अवस्था भएतापनि देशैभरी सार्वजनिक यातायात बन्द रहेको कारणले समयमै निर्वाचन गर्न अनुकुल अवस्था रहेन ।

पछि पुनः उपत्यकाका तिनै जिल्लासहित देशका अधिकांश स्थानमा निषेध आदेश लागु भै अन्तर जिल्ला सार्वजनिक यातायात खुलिनसकेको हुंदा यसै सम्वन्धमा छलफल गर्न सर्वोच्च अदालत बार एशोसिएशनको परिषद् सदस्यहरु सम्मिलित र सल्लाहकारहरु सम्मिलित छुट्टाछुट्टै बैठकले यस्तो विषम परिस्थितिमा कुनै पनि हालतमा निर्वाचनको कार्यक्रम प्रकाशित गर्न नहुने राय व्यक्त गरेको थियो ।

नेपाल बार एशोसिएशनको बिधान बमोजिम बर्तमान कार्यसमितिले नै आफ्नो जिम्मेवारी निर्वाह गरी आएकोमा गत भाद्र २५ गतेदेखि उपत्यकाभर र गत आश्वीन १ गतेदेखि देशैभरको सार्वजनिक यातायात सुचारु गरेको कारण बर्तमान कार्यसमितिले आगामी कार्तिक २८ गतेसम्म सदस्यता नविकरण गरिसक्नुपर्ने गरी आगामी पौषको पहिलो शनिवार अर्थात पौष ४ गते निर्वाचनको तिथी तोकिएको र इश्वी सम्वतको नयांवर्षको दिन अर्थात यस वर्ष पौष १७ गते पदभार हस्तान्तरण गर्न साधारणसभाको आयोजना गर्ने निर्णय भएको कुरा बताइएको छ ।

निर्वाचन समितिमा संयोजक अधिवक्ता खड्काका अलावा सदस्यहरुमा अधिवक्ता भुवनप्रसाद वाग्ले र अधिवक्ता मुरारीप्रसाद सापकोटा रहनुभएको जनाइएको छ । नवगठित निर्वाचन समितिले बर्तमान विषम परिस्थितिलाई मध्येनजर गरी कोविड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय स्तरमा तोकिएको मापदण्ड र नेपाल सरकारले बेलाबखत तोकेका मापदण्ड र प्रोटोकलसमेतको ख्याल गरी आवश्यक सावधानीका सम्पूर्ण उपायहरुको अवलम्वन गरी निर्वाचन सम्पन्न गरी पदभार हस्तान्तरण गरिने कुरा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ

काठमाडौँ, ११ कार्तिक । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने तीन दिने नेपाल भ्रमणका लागि नोभेम्बर ४ तारिखमा नेपाल

गुल्मी, ११ कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । नगरपालिका वडा

काठमाडौँ, ११ कार्तिक । हास्य कलाकार मनोज गजुरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण