कोरोना सङ्क्रमितलाई स्थानीय तहको उच्च निगरानी

काठमाडौँ, २७ असोज । काठमाडौँ उपत्यकाका स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमितलाई उच्च निगरानी गर्न थालेका छन् । नगरपालिकाभित्र दैनिक कोरोना सङ्क्रमित बढेपछि नगरपालिका आफैँले सङ्क्रमितको उच्च निगरानी गर्न थालेका हुन् ।

कतिपय नगरपालिकाले सङ्क्रमितलाई निःशुल्क आहार वितरण गर्नेदेखि नियमित टेलिफोन गर्ने, सङ्क्रमितको उपचारको व्यवस्था गर्ने लगायतका काम गर्दै आएका छन् । 

आफू र परिवारका सबै सदस्यलाई स्वास्थ्य मापदण्ड पालना गर्न लगाउने, होम आइसोलेसनमा बस्न सम्भव भएका सबैलाई होम आइसोलेसनमा राख्ने र सम्भव नभएकालाई संस्थागत आइसोलनमा राख्ने काम उपत्यकाका नगरपालिकाले गर्दै आएका छन् ।

सङ्क्रमितलाई नियमित सान्त्वना र हौसला बढाउने काम उपत्यका नगरपालिकाले गर्दै आएको सम्बद्ध नगरपालिकाले जनाएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा  छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ

काठमाडौँ, ११ कार्तिक । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने तीन दिने नेपाल भ्रमणका लागि नोभेम्बर ४ तारिखमा नेपाल

गुल्मी, ११ कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । नगरपालिका वडा

काठमाडौँ, ११ कार्तिक । हास्य कलाकार मनोज गजुरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण