काठमाडौँ, २७ असोज । इन्डियन प्रिमियर लिग ९आईपीएल०मा रोयल च्यालेञ्जर्स बेग्ङ्लोरले पाँचौं जित निकालेको छ ।
सोमबार भएको खेलमा कोलकातालाई ८२ रनले हराउँदै बेग्ङ्लोर लिगको तेस्रो स्थानमा उक्लिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बेग्ङ्लोरले निर्धारित ओभरमा २ विकेट गुमाएर १९४ रन बनाएको थियो । बेग्ङ्लोरको पहिलो विकेटका लागि आरोन फिन्च र देवदत्त पडिक्कलले ६७ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा पडिक्कल ३२ रन बनाएर आउट भए । २३ बल फेस गरेका उनले चार चौका र एक छक्का प्रहार गरे ।
त्यसपछि फिन्च र कप्तान विराट कोहलीले पारि अघि बढाएका थिए । फिन्च व्यक्तिगत ४७ रन बनाएर आउट हुँदा बेग्ङ्लोरको स्कोर ९४(२ रन बनाएको थियो । जितसँगै बेग्ङ्लोरले सात खेलमा १० अंक बनाएको छ । उसले अहिलेसम्म पाँच जित र दुई हार व्यहोरेको छ । यस्तै कोलकाताले सात खेलमा चार जित र तीन हार छ । उसको ८ अंक रहेको छ ।






