घाँटीबगर–टिङ्कर ‘मोटरेबल’ सडक बन्ने: नेपाली सेनालाई जिम्मा

काठमाडौँ, २७ असोज । महाकाली करिडोर अन्तर्गतको घाँटीबगर–टिङ्कर ‘मोटरेबल’ सडक निर्माण गर्न सर्वेको काम सुरु भएको छ । कुल ८७ किलोमिटर लम्बाइको यो सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । नेपाली सेनाले दार्चुलाको व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङ्रु जोड्ने घोडेटो बाटोको ट्र्याक सञ्चालनमा आएपछि नयाँ कामको थालनी भएको हो ।

निर्देशनालयका प्रवक्ता सन्तोषबल्लभ पौडेलले सरकारबाट सेनालाई प्राप्त भएको जिम्मेवारी बमोजिम महाकाली करिडोर अन्तर्गतको घाँटीबगर–टिङ्कर सडक निर्माणको सर्वे सुरु गरिएको जानकारी दिनुभयो । सर्वेका साथै सो सडकको निर्माण सम्पन्न गर्न यो वर्ष नै हुम्लिङ र माल भन्ने स्थानमा दुईवटा क्याम्प राखिने जानकारीसमेत उहाँले दिनुभयो । सेनाले घाँटीबगरदेखि छाङरु जोड्ने ४५० मिटर घोडेटो बाटोको ट्र्याक खोलेपछि नेपाली सेनाले स्थानीयलाई हस्तान्तरणसमेत गरिसकेको छ ।

घाँटीबगर–टिङ्कर सडक निर्माण गर्न सर्वे लगायतको कामलाई अगाडि बढाउन नेपाली सेनाका महासेनानी रमेश गुरुङको नेतृत्वमा ५३ सदस्यीय प्राविधिक टोली काठमाडौँबाट दार्चुलाको खलङ्गा पुगी काम अगाडि बढाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

“सेनाको टोलीले त्यहाँ सडक निर्माणका लागि क्याम्प स्थापनाका साथै सर्वे र डिजाइनको काम गर्ने छन्,” सैनिक प्रवक्ता पौडेलले भन्नुभयो, “निर्माण कार्य सम्पन्न भएसम्म टोली त्यहीँ रहने छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । थप २२ सय २५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख  ५५ हजार

काठमाडौँ, ८ कार्तिक । विश्वमा ३ करोड १४ लाख १७ हजार ५३४ जना मानिस कोरोनामुक्त भएका छन् । विश्व स्वास्थ्य संगठनले

काठमाडौँ, ८ कार्तिक । काठमाडौँ र ललितपुर महानगरपालिका क्षेत्रभित्र कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । बाक्लो बस्तीले

काठमाडौँ, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको महान् चाड विजय दशमीको उपलक्ष्यमा देशवासीको नाममा सम्बोधन गर्दै सरकार जस्तोसुकै