मन्त्री गुरुङद्वारा ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना

काठमाडौँ, २६ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गरेका छन ।

आज पुल्चोकस्थित समाज कल्याण परिषदको कार्यालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री गुरुङले परिषदको मातहतमा रहने गरी सो कोष स्थापना गरिएको औंपचारिक जानकारी गराएका हुन ।

सामाजिक क्षेत्रको कामलाई अझै प्रभावकारी बनाई सामाजिक उद्यमशीलताको माध्यमबाट मुलुकको समृद्धिमा योगदान पुर्याउने उद्देश्यका साथ ‘समाज कल्याण ऐन २०४९ को दफा ९ (ङ) तथा ऐ. दफा २६ को अधिकार’ प्रयोग गरी कोषको स्थापना गरिएको समाज कल्याण परिषदले जनाएको छ । परिषदका अध्यक्षसमेत रहेका मन्त्री गुरुङले सामाजिक क्षेत्रको भूमिकालाई अझै प्रभावकारी बनाउन तथा संघ, संस्थामाथि हुने नकारात्मक सोच हटाउन सामाजिक उद्यमशीलता कोषले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन ।

उनले भने, ‘सामाजिक उद्यमको अभियान र सामाजिक अभियानलाई सँगसँगै अघि बढाउपर्ने आवश्यक छ । समाज रुपान्तरणका लागि पनि सामाजिक उद्यमशीलतालाई अघि बढाउनुको विकल्प छैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आमा मिथिला पाण्डेका हातबाट विजयादशमीको टिका ग्रहण गर्नुभएको छ । राष्ट्रपति

काठमाडौँ, १० कार्तिक । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन

prachanda

काठमाडौँ, १० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समुदायले मनाउने विभिन्न सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता,

काठमाडौँ, १० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर दसैं मनाउन सबै नेपाली दिदीबहिनी