जिम्मेवार व्यक्तिले समस्याको चित्रणमा भन्दा समाधानमा जोड दिनुपर्छः मुख्यमन्त्री पोखरेल

shankar-pokharel

बुटवल, २६ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कुनै व्यक्तिले समस्याको चित्रणमा भन्दा पनि समस्या समाधानमा जोड दिनुपर्नेमा जोड दिनुभएको छ ।

कुनै पनि समस्याले समाधान समेत लिएर आउने उल्लेख गर्दै उहाँले जस्तोसुकै समस्याको पनि समाधान हुनेमा विश्वास व्यक्त गर्नुभयो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि पार्टी भित्र एक प्रकारको तरंग आएको छ । कर्णाली प्रदेशमा जम्मा ४० जना सांसद रहेकोमा नेकपाका मात्र ३३ जना रहेका छन् । त्यसमा १८ जना नेकपाकै सांसदले मुख्मन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएसगै मुख्यमन्त्री शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाउनु भएको थियो ।

पूर्वएमालेतर्फका यामलाल कँडेल, चन्द्रबहादुर शाही, करवीर शाही, कुर्मराज शाही, अमरबहादुर थापा, सुशीलकुमार थापा, मीना रखाल, दानबहादुर परियार, पदम रोकाया, पद्मा खड्का, कौशिलावती खत्री, खड्कबहादुर खत्री, बहमीक्यादी बोहरा र देवी ओली अविश्वासको प्रस्ताव दर्ता गर्ने सूचीमा छन् । पूर्वमाओवादी केन्द्रका पुष्पा घर्ती, राजु नेपाली, धर्मराज रेग्मी र डम्बरबहादुर विष्ट छन् ।

सोही प्रसंगलाई लक्षित गर्दै मुख्मन्त्री पोखरेलले भन्नुभएको छ, ‘जस्तोसुकै समस्याको पनि समाधान हुन्छ । जिम्मेवार व्यक्तिले समस्याको चित्रणमा भन्दा समाधानमा जोड दिनुपर्छ ।’ उहाँले जिम्मेवार व्यक्तिले समस्या समाधानमा विशेष जोड दिनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । ब्राजिलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ । ब्राजिलको साओ पाउलोका

काठमाडौँ, ५ कार्तिक । पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगै भारतमा संक्रमितको संख्या

काठमाडौँ, ४ कार्तिक । अमेरिकाको होमरमा अलास्का नजिक ७।३ रेक्टरको भूकम्प गएको छ । भूकम्पपछि सुनामी आउने चेतावनी जारी गरिएको

काठमाडौँ, ४ कार्तिक  । विश्वमा कोरोनामुक्त हुनेको संख्या ३ करोड नाघेको छ । अहिलेसम्म ४ करोड ६ लाखमा कोरोना पुष्टि भएकोमा