मेरै अध्यक्षतामा बैठक बस्छ, मुख्यमन्त्री शाहीलाई दलको नेताबाट हटाइन्छ: शाह

सुर्खेत, २६ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशसभाका प्रमुख सचेतक गुवालजंग शाहले दलभित्र देखिएको बिवाद प्रक्रियामा लगेर टुंगो लगाउने घोषणा गर्दै आफ्नै अध्यक्षतामा बैठक बस्नेत बताउनुभएको छ ।

मुख्यमन्त्रीसमेत रहनुभएका प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाहीले बिधानबिपरित पदमुक्त गरे पनि बिधानअुसार आफूले प्रक्रियामै लगेर बिवादको निकास दिने घोषणा प्रमुख सचेतक शाहले गर्नुभएको हो । मुख्यमन्त्री शाहीले बहुमत सांसदहरुले आफूबिरुद्ध दलमा अबिश्वास प्रस्ताव दर्ता गरेपछि बिधानबिपरित काम गर्दै हिजोको मिति राखेर आज सोमवार प्रमुख सचेतक शाहलाई बर्खास्त गर्नुभएको थियो । शाहीको सो निर्णय बिधानले नमान्ने प्रमुख सचेतक शाहले बताउनुभयो । प्रमुख सचेतक शाहले बिवादको निकास दिन मंगलवार १ बजे संसदीय दलको बैठक बोलाइएको र सोही बैठकबाट शाहीलाई हटाउने जानकारी दिनुभयो ।

प्रमुख सचेतक शाहले भन्नुभयो, ‘बिधानले जे भन्छ, त्यही गर्ने हो, कसैको हुकुमी आदेश नेकपामा चल्दैन । दलका नेताले सवै बिकल्पको ढोका बन्द गर्नुभयो, अव प्रक्रियाअनुसार अघि बढाएर समस्याको निकास दिइन्छ । दलको नेताबिरुद्धको अबिश्वासको प्रस्तावमाथि छलफल गर्न मंगलवार १ बजे दलको बैठक बोलाइएको छ, त्यो बैठक मेरो अध्यक्षतामा बैठक बस्छ, त्यही बैठकले महेन्द्रबहादुर शाहीलाई दलको नेताबाट हटाइन्छ ।’

उहाँले संसदीय अभ्याशअनुसार नेकपा कर्णाली संसदीय दलको निर्णय आउने जानकारी पनि दिनुभयो । कुल ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा नेकपा एक्लैको ३३ सदस्य रहेका छन । जसमध्ये २० सांसद पूर्वएमाले र १३ सदस्य पूर्वमाओवादी पक्षधर रहेका छन ।

मुख्यमन्त्रीबिरुद्धको हस्ताक्षर गर्नेमा पूर्वएमाले १५ र पूर्वमाओवादीका तीन सांसदले हस्ताक्षर गरेका छन । नेकपा कर्णालीका सहइञ्चार्ज यमलाल कँडेलको नेतृत्वमा भएको यस अभियानमा पूर्वएमाले एक ठाउँमा देखिएको छ । अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम निकट सवै सांसदहरु एक ठाउँमा उभिएर मुख्यमन्त्री शाही हटाउनै पर्ने पक्षमा देखिएका हुन । ओलीसहितका शीर्ष नेताले संझाउँदा पनि कर्णाली प्रदेशसभामा रहेका सांसदहरु टसमस देखिएका छैनन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आमा मिथिला पाण्डेका हातबाट विजयादशमीको टिका ग्रहण गर्नुभएको छ । राष्ट्रपति

काठमाडौँ, १० कार्तिक । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन

prachanda

काठमाडौँ, १० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समुदायले मनाउने विभिन्न सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता,

काठमाडौँ, १० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर दसैं मनाउन सबै नेपाली दिदीबहिनी