आजबाट ‘मुन्द्रेको कमेडी क्लब’

काठमाडौँ, २६ असोज । चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ आजबाट प्रसारणमा आउने भएको छ ।

शो संचालक समेत रहेका जीतुले सामाजिक संजाल फेसबुक माफर्त शो आज साँझ ८ः५० देखि नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको जानकारी गराएका हुन् ।

आजको एपिसोडमा अभिनेत्री रेखा थापा अतिथिको रुपमा देखिदै छिन् । जीतुले सरकारको स्वस्थ्य सुरक्षाको नियम पालन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’का ४ भाग हालै सुटिङ गरेका हुन् ।

अवको शोमा अभिनेत्री करिष्मा मानन्धर अध्यक्षको रुपमा देखिने भएको छीन । शोमा राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई, काउली बुढीलगायतका कलाकारको प्रस्तुति समेत रहनेछ ।

यो शो जीतु नेपालकै आधिकारिक यूट्युव च्यानल जीतु कमेडी च्यानलबाट समेत हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ कार्तिक । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेल स्थित पलोसे–डोलेश्वर सडकको मुख्य प्रवेशद्वारमा निर्माण गरिएको डोकेखोलाको पुल

काठमाडौँ, ७ कात्तिक । बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफा मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्किएका

काठमाडौँ, ७ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमणपछि उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । उनलाई आज

विराटनगर, ७ कार्तिक । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।