ट्रम्पले गरे कोरोनाबाट सुरक्षित भएको दाबी

एजेन्सी, २६ असोज । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अर्को एउटा ट्वीट लुकाएको छ जसमा उनले अब उनी कोरोनाभाइरबाट सुरक्षित भएको दाबी गरेका थिए ।

उनको पोस्टलाई ट्वीटरले भनेको छ, ‘यो पोस्ट कोभिड–१९ सम्बन्धि भ्रामक र सम्भवतः खतरनाक जानकारी दिन्छ त्यसैले यो ट्वीटरको नियमको उल्लंघन हो ।’ ‘तसर्थ, मानिसहरुले यसलाई नदेखुन्, यो नै जनहितमा हुनेछ,’

यसअघि फक्स न्यूजलाई फोनमा दिएको एक अन्तरवार्तामा ट्रम्पले अब उनलाई कुनै पनि संक्रमण नभएको र उनको स्वास्थ्य दुरुस्त भएकोले काममा फिर्ता हुन सक्ने बताएका थिए ।

ट्रम्पले भनेका थिए, ‘यस्तो लागिरहेको छ कि ममा कोरोनाविरुद्ध प्रतिरोधी क्षमता विकसित भइसकेको छ । अब म बेसमेन्टबाट निस्कन सक्छु जुन मैले गर्नै लागेको थिएँ । किनभने तपाईंले देश चलाउनु छ भने तपाईं बेसमेन्टबाट निस्कनै पर्छ । र यस्तो लागिरहेको छ कि म इम्यून छु । सायद लामो समयका लागि वा कम समयका लागि । वा जीवनभरीका लागि, अहिले नै यसबारे थाहा हुन सकेको छैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा