चाडपर्वको अवसर छोपेर बढी भाडा लिनेलाई ठगीमा मुद्दा चलाइने

काठमाडौँ, २६ असोज । ट्राफिक प्रहरीले चाडपर्वको अवसर छोपेर बढी भाडा असुल्नेलाई ठगीमा मुद्दा चलाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका लागि तयार पारेको सुरक्षा रणनीतिमा बढी भाडा लिनेलाई कारबाही गरिने बताएको हो । 

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चोक-चोकमा सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरेर गाडीमाथि निगरानी बढाइने बताउनुभयो । ‘कोभिड-१९ को सङ्क्रमण बढेसँगै बसको सिट क्षमताको आधाभन्दा बढी यात्रु बोके ट्राफिक प्रहरीले कारबाही गर्छ’, उहाँले भन्नुभयो । 

यसवर्ष उपत्यकाका १४ ठाउँमा नागरिक सहायता कक्ष राख्ने महाशाखाले जनाएको छ । यस्तै टिकट काउण्टरका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र भिर्नुपर्ने र राजमार्गमा चालकको मादक पदार्थ सेवन (मापसे) परीक्षण हुने महाशाखा प्रमुख ढकालले बताउनुभयो । 

लामो दूरीका सार्वजनिक यातायातमा दुई चालक अनिवार्य नराखे कारबाही गरीने भएको छ । यस्तै, यौनजन्य अपराध नियन्त्रण गर्न सेफ्टी पिन अभियान सञ्चालन गरिने महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । कोरोनाबाट देशभर थप १७ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना

जनकपुर, १३ कार्तिक । प्रदेश २ मा कात्तिक १४ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले इस्लाम

काठमाडौँ, १३ कार्तिक । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट एक महिनामा २ हजार ५ सयभन्दा धेरैले अनलाइन सेवा लिएका छन् । महाशाखाले

काठमाडौँ, १३ कार्तिक । कोरोना संक्रमणको विस्तार जाडोयाममा अझै बढ्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । उनीहरूका