सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, २५ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) का संस्थापक अध्यक्ष एवं नेपाल इञ्जिनियर्स एसोशिएसनका पूर्वअध्यक्ष प्राई सरोज देवकोटाको निधनप्रति दुःख व्यक्त गरेका छन् । काँग्रेसका महासमिति सदस्यसमेत रहेका उनको आज निधन भएको हो ।

सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत देवकोटाको निधनको खबरले आफूलाई दुखित बनाएको उल्लेख गर्दै उनको आत्माको चीरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । नेपालमा प्राविधिक शिक्षा विस्तार र सूचना प्रविधिको नीति निर्माणमा देवकोटाले उल्लेखनीय योगदान पुर्याएका थिए । उनको निधनबाट नेपालको इञ्जिनीयरिङ क्षेत्रमा अपूरणीय क्षति पुगेको काँग्रेसले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा

काठमाडौँ, १ फागुन । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिहेको छ । १४ दिनमा घरेलु बक्सअफिसमा सात करोड

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश :