सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ, २५ असोज । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन) का संस्थापक अध्यक्ष एवं नेपाल इञ्जिनियर्स एसोशिएसनका पूर्वअध्यक्ष प्राई सरोज देवकोटाको निधनप्रति दुःख व्यक्त गरेका छन् । काँग्रेसका महासमिति सदस्यसमेत रहेका उनको आज निधन भएको हो ।

सभापति देउवाले एक शोक विज्ञप्तिमार्फत देवकोटाको निधनको खबरले आफूलाई दुखित बनाएको उल्लेख गर्दै उनको आत्माको चीरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । नेपालमा प्राविधिक शिक्षा विस्तार र सूचना प्रविधिको नीति निर्माणमा देवकोटाले उल्लेखनीय योगदान पुर्याएका थिए । उनको निधनबाट नेपालको इञ्जिनीयरिङ क्षेत्रमा अपूरणीय क्षति पुगेको काँग्रेसले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२/०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास

काठमाडौँ, १५ वैशाख । तयारी सकिएको तथा मनपरी योजना राखिएको भन्दै राष्ट्रिय योजना आयोगले आयोजना बैंक खाली गरेर पुनः प्रविष्टि

काठमाडौँ, १५ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार

काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप