कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

चितवन, २५ असोज । भरतपुर महानगरपालिका– २० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले जानकारीदिए ।

उनका अनुसार ६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३ गते अस्पताल भर्ना गरिएको थियो । असोज १४ गते पिसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । निर्माता छविराज ओझाले अब नयाँ चलचित्र बनाउने तयारी गरेका छन् । आफैले निर्माण गरेको चलचित्र ‘कसले चोर्यो

काठमाडौँ, १४ कार्तिक । गायिका दिपा तामाङको ‘फेसबुकमा फोटो छ’ बोलको गीत रिलीज भएको छ । सार्वजनिक गीतमा गायिका तामाङ

काठमाडौँ, १२  कार्तिक । नायिका सुहाना थापाले यस बर्षको दशैं आफ्ना पिता सुनिलकुमार थापा र आमा झरना थापाको साथमा मनाएकी छिन्

मुम्बई, १२ कार्तिक । बलिउड लागुऔषध मुद्दामा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले अभिनेत्री दीपिका पदुकोणकी म्यानेजर करिश्माप्रकाश झालाई बयानका लागि