विदेशमा थप १७ नेपालीको कोरोनाबाट मृत्यु

काठमाडौँ, २५ असोज । कोरोना सङ्क्रमणबाट विदेशमा कार्यरत थप १७ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ ।

समितिका अनुसार शनिबार साँझसम्म यूएईमा १ जना र साउदी अरबमा १६ जना थप नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । त्यस्तै कोरोना महामारी सुरु भएपछिका ९ महिनामा नेपाल बाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ ।

शनिबार साँझसम्म ४२ देशका ४० हजार ७ सय ३५ नेपालीमा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ३६ हजार ६ सय ७३ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । सङ्क्रमित नेपालीमध्ये ८९ प्रतिशत निको भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय

काठमाडौँ, ३ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् । आज मध्यपश्चिम विश्वविद्यालयको

काठमाडौँ, ३ असार । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक

काठमाडौँ, ३ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एशियाली