तालिवान लडाकूको आक्रमणमा अफगानी सात प्रहरीको मृत्यु

कुन्दुज, अफगानिस्तान, २५ असोज । अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिवान लडाकूले गरेको आक्रमणमा परी कम्तीमा सात प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनापछि अन्य चार प्रहरी सम्पर्कमा आएका छैनन् ।

कुन्दुजको खान अवाद जिल्लाको दागरीमा रहेको प्रहरीको एउटा सुरक्षा जाँच केन्द्रमा विद्रोहीले आक्रमण गरेपछि प्रतिकारका क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रशासन प्रमुख कुद्रातुल्ला साफीले बताउनुभयो ।

साफीले भन्नुभयो, “तालिवान विद्रोहीहरूले सुरक्षा जाँच केन्द्रमा शनिबार विहानै एक्कासी आक्रमण गरेपछि भएको घण्टौ लामो भिडन्तमा सात प्रहरी अधिकारीको मृत्यु भएको छ भने चार अन्य प्रहरी घटनापछि सम्पर्कमा आउनसकेका छैनन् ।”

प्रहरीले हराइरहेका सुरक्षाकर्मीलाई विद्रोहीले अपहरण गरी लगेको हुनसक्ने बताएकोे छ ।शान्तिवार्ताका लागि दोहामा रहेको तालिवान नेतृत्वले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । तर स्थानीयले घटनाको पुष्टि गरेका छन् । स्थानीयका अनुसार तालिवानी लडाकू र प्रहरीबीच कम्तीमा दुई घण्टा भिडन्त भएको र दुवैतर्फ क्षति भएको बताए । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  ‘बकर इद (इद उल अजहा)’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश

काठमाडौँ, ३ असार । जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार स्वागत समारोह आयोजना गरेको छ

काठमाडौँ, ३ असार । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ‘इद–उल–अज्हा’ (बकर इद), २०८१ को अवसरमा सम्पूर्ण

काठमाडौँ, २ असार । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित भएको छ । समितिका