ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो

काठमाडौँ, २५ असोज । ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ ।

ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमणबाट एक लाख ५० हजार १ सय ९८ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

ब्राजिलमा भन्दा धेरै सङ्क्रमित संयुक्त राज्य अमेरिका र भारतमा छन् । अमेरिकामा ७९ लाख ४५ हजारमा कोरोना पुष्टि हुँदा २ लाख १९ हजारको ज्यान गएको छ । यस्तै ७० लाख ५१ हजारमा कोरोना पुष्टि भएको भारतमा १ लाख ८ हजारले ज्यान गुमाइसकेका छन् ।

विश्वभर ३ करोड ७४ लाख ५० हजारमा कोरोना पुष्टि भइसकेको छ । जसमध्ये २ करोड ८१ लाख निको भएका छन् । १० लाख ७७ हजारको भने ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका