मन्त्रीमण्डल पुनर्गठन: प्रम ओलीद्वारा योग्य व्यक्तिमा जोड- अध्यक्ष प्रचण्डको भागबण्डा !

काठमाडौँ, २५ असोज । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक भागवण्डाको कारण मन्त्रीमण्डल पुनर्गठनको प्रक्रिया दशैंसम्मका लागि स्थगित भएको छ ।

तीन साताअघि बसेको सचिवालय बैठकले सरकारको कामलाई थप प्रभावकारी बनाउन मन्त्रीमण्डल पुनर्गठन गर्ने निर्णय गरेको थियो । मन्त्रीमण्डल पुनर्गठन गर्नका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दिनहुँजसो छलफल भए पनि सहमति जुट्न सकेको छैन । मन्त्रीमण्डल पुनर्गठनको विषयमा दुवै अध्यक्षले आ–आफ्नो अडान कायमै राख्दा सहमति जुट्न सकेको छैन ।

प्रधानमन्त्री ओली सरकार सञ्चालन गर्न आफ्नो अनुकुल व्यक्तिलाई मन्त्री बनाउनुपर्ने अडानमा रहनुभएको छ भने अध्यक्ष प्रचण्डले पनि पार्टीको निर्णयअनुसार मन्त्री बनाउनुपर्ने अडानमा रहनुभएको छ । मन्त्रीमण्डल पुनर्गठनको विषयमा पात्रको विषय छलफल भए पनि सहमति जुट्न नसक्दा थप जटिल बन्दै गएको छ ।

प्रधानमन्त्री ओलीले रिक्त तीन मन्त्रालयमा तीन जना तत्काल थपेर बाँकी मन्त्रीहरु हेरेफेर गर्ने प्रस्ताव अगाडि सारे पनि अध्यक्ष प्रचण्डले एकसाथ नै मन्त्रीहरु हेरफेर गर्नुपर्ने अडान राख्दै आउनुभएको छ ।

नेकपा सचिवालयका एक सदस्यले दशैंअगाडि मन्त्रीमण्डल पुनर्गठन हुने सम्भावना न्यँन रहेको बताए । उनका अनुसार दुई अध्यक्षबीच शनिबारबाट पार्टी एकताको बाँकी काम टुंगो लगाउने विषयमा केन्द्रित भएर छलफल शुरु भएको छ । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको