काठमाडौँ, २४ असोज । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार पीसीआर परीक्षणका लागि स्वा दिएको र आज पोजेटिभ रिपोर्ट आएको उनले बताएका छन ।
उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको र आफ्नो सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न अनुरोध गरेका छन । कोरोना संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन ।