वर्षाको प्रश्न, ‘खै कहाँ छ नारीलाई सम्मान ?’

काठमाडौँ, २४ असोज । नायिका वर्षा राउतले नारीलाई सम्मान कहाँ छ भन्दै प्रश्न उठाएकी छिन् ।

वर्षा लेख्छिन्–‘म एक नारी हुँ । एक नेपाली नारी । धेरै अघिदेखिको राजनीतिक संघर्षबाट प्राप्त नेपालको संविधानले हामी नेपाली नारीहरुलाई सम्मानित, सुरक्षित र समान अवसरका साथ बाच्न पाउने व्यवस्थाको लाभ उठाइरहेको नारी । यस्तो संवैधानिक व्यवस्था ल्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद । तर, कती दिन धन्यवाद भनिरहने । नारी अधिकारका लागि कानुन छ तर कागजमा मात्र सिमित । कानुन मन्त्री र न्यायमुर्ती पनि नारीहरु नै हुनुहुन्छ तर मौन । नेपाली कानुनले आँखा मात्र होइन कान र मुखमा पनि पट्टी बाँधे झै भान भैरहेको छ ।’

उनले नारीका लागि कानुन समेत नरहेको बताएकी छिन् । उनले, बलात्कारीहरु गर्वसाथ पुरुषार्थ प्रदर्शन गरिरहँदा कानुनको कार्यान्वयन गर्ने सांसददेखि मन्त्री नै संख्या गनेर बसेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।

उनले प्रश्न गरेकी छिन्–‘कसले सुन्ने हाम्रो चित्कार, कसले मेटाउने हाम्रो त्रास, कसले दिने हामीलाई सुरक्षा अनी न्याय रु’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ । बिहीबार परीक्षणको रुपमा सुरु गरिएको अनलाइन

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले