गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ११ जनालाई कोरोना

नुवाकोट, २४ असोज । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको छ ।

असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्यसहित ११ जनामा रोगको संक्रमण भएको नतिजा आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँपालिकाको अध्यक्ष तामाङले आफू र उपाध्यक्षसहित ११ जनामा सक्रमण भएको नतिजा आएकाले सम्पर्कमा रहेका व्यक्तिहरुलाई सुरक्षित भएर क्वारेन्टिनमा बस्न आग्रह गर्दै स्वाब जाँचको प्रबन्ध मिलाउने जानकारी दिए । अध्यक्ष तामाङको अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, अध्यक्षका सवारीचालक, गाउँपालिकाको कार्यालय सहयोगी, दुई जना एम्बुलेन्स चालक र पाँच जना शिक्षक रहेका छन् ।

गएको बुधबार १८ जनाको स्वाब संकलन गरेर पठाएको नमूनामध्ये ११ जनामा रोगको संक्रमण देखिएको स्वास्थ्य शाखाले जनाएको छ । संक्रमणपश्चात गाउँपालिकाले प्रवाह गर्ने सबै सेवाहरु अनिश्चित समयको लागि रोकिएको छ भने गाउँपालिकाको कार्यालय रहेको स्थान समुन्द्रटार बजार ‘सिल’ गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज आजदेखि लागु हुने गरी अन्डाको

काठमाडौँ, २८ बैशाख । नेपाल टेलिकमले नयाँ प्रिपेड ई-सिम अनलाइनबाटै लिन सकिने सुविधा सुरु गरेको छ । योसँगै अब नयाँ

काठमाडौँ, २८ बैशाख । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना

काठमाडौँ, २८ बैशाख । सुनसरीको धरानमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा धरान उपमहानरपालिका–१० बेलगाछी