काँग्रेस केन्द्रीय समितिको भोलिको बैठक स्थगित

काठमाडौँ, २४ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आइतबारका लागि निर्धारित केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईं (खनुपरुदे) निधनमा आइतबार पार्टी कार्यालय बन्द गरिने भएकाले बैठक स्थगित गरिएको बताइएको छ । प्रसाईँको निधन शुक्रबार भएपनि शुक्रबार अफिस बन्द नगरिएकोले आइतबार केन्द्रीय कार्यालय र जिल्ला कार्यालय बन्द गरिने भएको हो । आगमी बैठक कहिले बस्ने भन्ने पनि अनिश्चित बनेको छ । अर्को सूचना भएपछि बैठक बस्नेगरी भोलिको बैठक स्थगित गरिएको छ ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको छलफलपछि आगामी बैठकको तय हुने स्रोतले जनाएको छ । स्रोतका अनुसार घरमा काम गर्ने एक कर्मचारीमा कोरोना संक्रमण भएपछि नेता पौडेल आइसोलेसनमा बसेकाले छलफल कहिले हुन्छ भन्ने टुंगो छैन ।

महाधिवेशनको कार्यतालिका, भ्रातृ संस्थाहरूको अवधि बढाउने निर्णय अनुमोदन र तत्कालीन राप्रपाका नेता सुनिलबहादुर थापासहित काँग्रेस प्रवेश गर्ने नेताहरूको व्यवस्थापन, संसदको विशेष अधिवेशन माग, सरकारविरुद्ध आन्दोलनको तयारीलगतयका विषयमा छलफल गर्ने काँग्रेसले बैठक बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । नेपाल राष्ट्र बैंकले आज शनिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । xchange Rate

काठमाडौँ, १४ कार्तिक । आज सुनको मूल्य घटेको छ भने चाँदी मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, १४ कार्तिक । नेपाल राष्ट्र बैंकले आज शुक्रबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ । Exchange Rate for

काठमाडौँ, १३ कार्तिक । विश्व बैंकले नेपालका लागि करिब साढे ९ अर्ब (८ करोड डलर) बराबरको कृषि परियोजना स्वीकृत गरेको