काठमाडौँ, २४ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपाली नेपालको विकास र समृद्धिको साझेदारी भएको बताउनुभएको छ ।
गैरआवासीय नेपाल सङ्घ (एनआरएन)को आयोजनामा शुरु भएको दोस्रो ज्ञान सम्मेलनमा मन्त्री ज्ञवालीले नेपालको विकासका साझेदार गैरआवासीय नेपालीसँग सहकार्य बढाउन थप कानूनी सहजता निर्माण गरिने बताउनुभएको छ ।
संविधानले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रदान गरिसकेका सन्दर्भमा संसद्मा विचाराधीन नागरिक विधेयक र आगामी बन्ने कानूनमा थप सहजता निर्माण हुने उहाँले स्पष्ट गर्नुभयो ।
यही असोज २५ सम्म चल्ने सम्मेलनमा २५ भन्दा बढी देशका सयभन्दा बढी प्रतिष्ठित विश्वविद्यालय र अनुसन्धान केन्द्रबाट ३०० भन्दा बढी प्रस्तोताको सहभागिता रहनेछ ।