अमेरिकामा फेरि बढ्न थाल्यो संक्रमण

काठमाडौँ, २४ असोज । अमेरिकामा अगस्ट १४ पछि शुक्रबार सर्वाधिक संक्रमण देखिएको शनिबार संक्रमित संख्या झन् बढेको वर्ल्डोमिटर्सले जनाएको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५९ हजार ९७१ जनामा संक्रमण देखिएको अमेरिकामा संक्रमित संख्या ७८ लाख ९३ हजार ८९१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५० लाख ५९ हजार ४९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २६ लाख १६ हजार २०० जनामध्ये १४ हजार ६६७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ९०४ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १८ हजार ६४२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । भक्तपुर नगरपालिका-९ ब्रम्हायणीमा आइतबार साँझ चोरी भएको छ । प्रहरीका अनुसार सो ठाउँमा डेरा गरी बस्ने

काठमाडौँ, १० असार । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ ।

काठमाडौँ, १० असार । सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी

काठमाडौँ, १० असार । बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गेरुवा गाउँपालिका–३