उपत्यकाका अदालतको सेवा प्रवाहमा सङ्कुचन

काठमाडौँ, २४ असोज । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै उपत्यकाका अदालतमा सेवा प्रवाह सङ्कुचन भएको छ । न्यायाधीश तथा कर्मचारीमा नै सङ्क्रमण पुष्टि भएपछि सर्वोच्च अदालत, उच्च अदालत पाटनले मुद्दाको नियमित सुनुवाइ स्थगन गरेका छन् । 

भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, नक्कली शैक्षिक प्रमाणपत्रका मुद्दा हेर्ने क्षेत्राधिकार पाएको विशेष अदालतले एक साताका लागि साक्षीको बकपत्र गराउने सेवा स्थगन गरेको छ ।

विशेष अदालतले शुक्रबारदेखि लागू हुने गरी साक्षीको बकपत्र गराउने सेवा स्थगित गरेको हो । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले अन्य नियमित सेवा यथावत् रहे पनि बकपत्रको सेवा स्थगन गरिएको बताए । अदालतले शुक्रबारदेखि असोज ३० गतेसम्म बकपत्र नगर्ने पक्षहरूलाई सूचित गरेको छ ।

सर्वोच्च अदालतमा एक न्यायाधीश, केही इजलास अधिकृत र कर्मचारीमा सङ्क्रमण भएपछि आइतबारदेखि सेवा प्रवाह कटौती भएको हो । सर्वोच्चमा अहिले बन्दी प्रत्यक्षीकरण, केही निवेदन र प्रतिवेदनबाहेक अन्य सम्पूर्ण नियमित पेसी स्थगन गरिएको छ । सङ्क्रमितको निकट सम्पर्कमा रहेका न्यायाधीशहरू आइसोलेसनमा बसेकाले अन्य इजलास बस्न सकेका छैन । यस्तै सङ्क्रमित कर्मचारीको सम्पर्कमा रहेका कर्मचारीहरू पनि आइसोलेसनमा नै रहेका छन् ।

सर्वोच्च अदालतले दशैँसम्म नै नियमित मुद्दाको सुनुवाइ प्रभावित हुने यसअघि नै जनाइसकेको छ । अदालतमा अहिले दैनिक दुईदेखि तीन इजलास मात्र सञ्चालनमा छन् । अन्य प्रशासनिक कामकाज केही प्रभावित भएको छ । आइतबार भने सर्वोच्चमा एक मात्र एकल इजलास सञ्चालित थियो । त्यसयता बढीमा दुई न्यायाधीश रहने संयुक्त इजलास एक र एक एकल इजलास तोकिएका छन् । संयुक्त र एकल इजलासमा रहने न्यायाधीश भने एकै रहेका छन् । शुक्रबार भने फरक फरक न्यायाधीशका तीन इजलास सर्वोच्चमा गठन भएका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ

काठमाडौँ, ११ कार्तिक । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने तीन दिने नेपाल भ्रमणका लागि नोभेम्बर ४ तारिखमा नेपाल

गुल्मी, ११ कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । नगरपालिका वडा

काठमाडौँ, ११ कार्तिक । हास्य कलाकार मनोज गजुरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण