पाँचथर, २२ असोज । पाँचथर याङवरक गाँउपालिकामा बुधबार नेपालि कांग्रेस लगायत बिभिन्न पार्टीमा आवद्ध नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन ।
याङवरक नेकपा पार्टी संगठन अध्यक्ष नरबहादर गुरुङका अनुसार नवप्रवेशीहरुमा कांग्रेसबाट याङवरक ३ का प्रकास राई, नेत्र कट्टेल, देवि कट्टेल, दलबहादुर राई लगायत २६ जना रहेका छन । त्यस्तै, वडा ४ बाट मोहन योङयाहाङ, चन्दबहादुर दर्जी, जगलाल सिवा, मौसम योङहाङ लगायत १५ जना नेकपामा प्रवेश गरेका हुन ।
नवप्रवेशीहरु वडा नम्बर ३ मा कांग्रेस र वडा ४ मा ओयामका राप्रपा, लिम्बुवान, जनतासमाज पार्टीका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको संगठन सचिव महेन्द्र योङयाले बताए । जिल्ला अध्यक्ष राकुमार भण्डारी, प्रदेस सदस्य कमल जवेगु, पार्टी सचिव होम जवेगु लगायतले नवप्रवेशीहरु लाई स्वागत गरेका थिए ।
त्यस्तै केहि दिन अघि याङवरक पालिका थर्पुबाट नेकपाका मुकेस ठटाल सहित, भानुभक्त पोखरेल, मनकुमार दाहाल, पुर्णबहादुर दाहाल, बिकास दाहाल, लगायतका नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका थिए । पछिल्लो समय जिल्लामा पार्टी प्रवेशको लहर चल्न थालेको छ ।