पार्टी प्रवेशको लहर : नेपाली कांग्रेससहित बिभिन्न पार्टीका नेता कार्यकर्ता नेकपामा प्रवेश

पाँचथर, २२ असोज । पाँचथर याङवरक गाँउपालिकामा बुधबार नेपालि कांग्रेस लगायत बिभिन्न पार्टीमा आवद्ध नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन ।

याङवरक नेकपा पार्टी संगठन अध्यक्ष नरबहादर गुरुङका अनुसार नवप्रवेशीहरुमा कांग्रेसबाट याङवरक ३ का प्रकास राई, नेत्र कट्टेल, देवि कट्टेल, दलबहादुर राई लगायत २६ जना रहेका छन । त्यस्तै, वडा ४ बाट मोहन योङयाहाङ, चन्दबहादुर दर्जी, जगलाल सिवा, मौसम योङहाङ लगायत १५ जना नेकपामा प्रवेश गरेका हुन ।

नवप्रवेशीहरु वडा नम्बर ३ मा कांग्रेस र वडा ४ मा ओयामका राप्रपा, लिम्बुवान, जनतासमाज पार्टीका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको संगठन सचिव महेन्द्र योङयाले बताए । जिल्ला अध्यक्ष राकुमार भण्डारी, प्रदेस सदस्य कमल जवेगु, पार्टी सचिव होम जवेगु लगायतले नवप्रवेशीहरु लाई स्वागत गरेका थिए ।

त्यस्तै केहि दिन अघि याङवरक पालिका थर्पुबाट नेकपाका मुकेस ठटाल सहित, भानुभक्त पोखरेल, मनकुमार दाहाल, पुर्णबहादुर दाहाल, बिकास दाहाल, लगायतका नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका थिए । पछिल्लो समय जिल्लामा पार्टी प्रवेशको लहर चल्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ फागुन । हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा

काठमाडौँ, १ फागुन । चलचित्र ‘आ बाट आमा’ले नेपाली बक्सअफिसमा राम्रो कमाई गरिहेको छ । १४ दिनमा घरेलु बक्सअफिसमा सात करोड

काठमाडौँ, १ फागुन । वरिष्ठ कलाकार निर शाहले फिल्म ‘कमला मिस’ निर्देशन गर्ने भएका छन् । मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ

काठमाडौँ, १ फागुन । आजबाट तीनवटा चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश :