बागमती प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिवलाई कोरोना पुष्टि

काठमाडौँ, २२ असोज । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयका एक जनालाई कोरोना संक्रमण भएको छ ।

मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई संक्रमण पुष्टि भएको हो । काफ्लेलाई संक्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्कता अपनाइएको छ । परिवारको सदस्यलाई संक्रमण पुष्टि भएपछि काफ्ले १५ दिनदेखि घरमै बसेको र कार्यालयमा उनको कसैसँग भेटघाट नभएको बुझिएको छ ।

सामान्य रुघाखोकी लाग्ने र टाउको दुख्ने भएपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको र अहिले आफू होम आइसोलेसनमा रहेको काफ्लेले बताइन्। सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको र पछिल्लो १०-१५ दिनदेखि होम क्वारेन्टिनमा रहेकाले परिवारबाहेक अन्य व्यक्तिसँग भेटघाट नभएको उनले बताइन् ।

काफ्लेलाई संक्रमण भए पनि मुख्यमन्त्रीको नियमित कार्य भने प्रभावित नहुने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त हुनुभएको छ । प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको पुनः परीक्षणमा

काठमाडौँ, १५ कार्तिक । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले अबको एक महिना भित्र नुवाकोटको बञ्चरे डाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन

काठमाडौँ, १५ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ

काठमाडौँ, १५ कार्तिक । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनको पहुँचबाट टाढा रहेका स्थानमा निर्माण