आठ सर्तमा अदालतले दियो रियालाई जमानत

एजेन्सी, २२ असोज । बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई बम्बे उच्च अदालतले ८ सर्तवमा जमानत दिएको छ ।

अभिनेत्री चक्रवर्तीलाई नायक सुशान्तको मृत्यु प्रकरणमा लागुऔषधको मामलामा एनसीबीले ८ सेप्टेम्बरमा पक्राउ गरेको थियो । उनी बुधबार साढे ५ बजे भायखला जेलबाट बाहिरिएकी हुन् ।

रियालाई दिएको ८ सर्त:

१. रियालाई एक लाख निजी धरौटीमा जमानत दिएको हो ।

२. रियाले आफ्नो पासपोर्ट अनुसन्धान विभागलाई बुझाउनुपर्नेछ ।

३. मुम्बईको एनडीपीएसका विशेष न्यायाधीशको अनुमतिबिना रिया देश छाडेर जान पाउने छैनिन् ।

४. यदि उनी ग्रेटर मुम्बईभन्दा बाहिर जान चाहन्छिन् भने अनुसन्धान अधिकारीहरुलाई सूचित गराउनुपर्नेछ भने यात्रा तालिकाबारे सबै बताउनुपर्नेछ ।

५. ६ महिनासम्म प्रत्येक सोमबार बिहान १० देखि ११ बजेको बीचमा अनुसन्धान कार्यलयमा उपस्थिति जनाउनु पर्नेछ ।

६. उचित कारण नभएसम्म रिया अदालतको मितिमा उपस्थित भइराख्नुपर्नेछ ।

७. मुद्दा र यससँग सम्बन्धित प्रमाणमा रियाले चलखेल गर्न पाउने छैनन् ।

८. जेलमुक्त भएको दिनबाट १० दिनसम्म रिया नजिकैको प्रहरी वृत्तमा बिहान ११ बजेदेखि ५ बजेभित्र उपस्थिति दर्ता गराउनुपर्नेछ ।

रिया जेलमुक्त भए पनि उनका भाई सोविक चक्रवर्तीलाई भने अदालतले जमानत दिएन । अझै अनुसन्धान बाँकी रहेको भन्दै सोविकलाई जेलमै राखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिया, ५ कार्तिक । बर्दियाको मधुवनमा बाघकाे आक्रमणबाट एक महिलाको ज्यान गएको छ । सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन नगरपालिका

धादिङ, ५ कार्तिक । कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल

तनहुँ, ५ कात्तिक । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

चितवन, ५ कार्तिक । चितवनमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड अस्पतालमा मंगलबार गरिएको