काठमाडौँ, २२ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नेई सुपर किङ्ग्स चौथो पटक पराजित भएको छ ।
बुधबार राति यूएईमा भएको खेलमा कोलकाता नाइट राइडर्सले चेन्नेईलाई १० रनले हराएको हो ।
शेख जायद क्रिकेट स्टेडियममा कोलकाताले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रनमा समेटियो ।
जितसँगै कोलकाता लिगको तेस्रो स्थानमा उक्लिएको छ । कोलकाताले ५ खेलमा ६ अंक जोडेको छ । ६ खेलमा ४ अंक जोडेको चेन्नई भने पाँचौ स्थानमा रहेको छ ।





