‘महिलाको सम्मान गरौं, महिला हिसांबिरुद्ध सशक्त ढंगले लागौं’

समाजमा शोषण, दमन र उत्पिडन आर्थिक हैसियत, श्रोत र साधन र सम्पत्ति माथिको पहुँच अनि शिक्षा र सामाजिक चेतनाका कारण हुने गर्दछ । शिक्षा, अभाव, गरिबी र शारीरिक रुपमा निर्बलियो भएको कारण महिलाहरुले अनेक खालका हिंसा, शोषण र उत्पिडन बेहोर्नु परेको छ । त्यो पंक्तिमा समाजमा पछाडी परेका दलित र उत्पीडित जाती समेत पर्दछ्न् ।

हिजोको राज्य सामन्तवादी थियो । जनता शिक्षित थिएनन् । महिला चेतनशील थिएनन् । जसको कारण विधि र कानुनद्वारानै महिला माथी खुलम खुल्ला हिंसा हुन्थ्यो । सति प्रथा, एकल महिला माथी समाजिक दमन, बोक्सीको नाउँमा उत्पिडन बलत्कार, बहुबिवाहको बैधानिक अधिकार, दाइजो दिनु पर्ने दवाव, सासू, ससुरा, श्रीमान लगाएतको सेवामा दासी झै हुनु पर्ने वाध्यता थियो ।

अवका महिला उच्च शिक्षा हासिल गरेका छन् । उच्च ओहोदामा छन् । अब सबै महिलाले हत्या, हिंसा र दमन विरुद्ध सशक्त आवाज उठाउनै पर्दछ । घरमा हुने जस्तो सुकै घरेलु हिंसा सहने होइन, उजागर गर्दै कारवाहीको दायरामा ल्याउनुपर्छ । अफिस, कारखाना वा कार्य क्षेत्रमा हुने हिंसा र दमनको पनि खुलेर प्रतिवाद गर्नु पर्दछ र कारबाहिको दायरामा ल्याउनु पर्दछ । समाजको जो सुकै माथी हुने हत्या, बलात्कार, एसिड प्रहार, अपहरण,अत्माहत्या गर्न बाध्य पर्ने परिस्थिती, जस्ता घटनाको विरुद्ध सिङ्गो समाज एक भएर सामना गर्नुपर्दछ ।

अपराधीलाई कानुनी दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन राज्यका सबै संयन्त्र प्रभावकारी ढंगले लाग्नु पर्दछ । अनि मात्र निर्मला पंतलको आत्माले न्याय पाउनेछ । हजारौं पिडित शोषितले हिंसा र विभेदबाट मुक्त भएर बांच्न पाउँछन् । पछिल्लो बेला प्रहरी प्रशासनले खेलेको भुमिका बिगतको भन्दा राम्रो छ, अझै प्राभाबकारी बनाउन आवश्यक छ । सरकारले जसरी अध्यादेश मार्फत एसिड प्रहार गर्नेलाई कारवाही गर्ने निर्मम कानुन ल्याएर सर्बत्र प्रशंसा पनि पाएको छ । यसैगरी बलात्कारीलाई संविधान संशोधन गरेर भएपनि मृत्यु दण्ड दिनु पर्दछ भन्ने आवाज सर्बत्र उठेको छ । यो पक्षमा पनि ध्यान दिनु आवश्यक छ ।

हामी महिलाहरु पनि सचेत र सजग हुने, सेल्फ डिफेन्स गर्ने, कुरामा ध्यान दिदै तालिम, प्रशिक्षण लिने । आवश्यक पर्दा एकजुट हुने । सरकार र सरोकारवाला निकायलाई सूचना दिने र सजग गराउँदै झकझकाइ रहने । यति मात्र गर्यो भने पनि महिला हिंसा रोक्न धेरै गर्न सकिन्छ ।

अन्त्यमा, कमसेकम हामी महिलाले आमा, सासु, बुहारी, नन्द, आमाजु, भाउजू, छोरीमा विभेद नगरौं, अपमान नगरौं । सकारात्मक सोच भएका महिलालाई सम्मान र समर्थन गर्ने पुरुषहरुको पनि साथ लिंउ । सबैले हातेमालो गरेर महिलाको सम्मन गरौं । महिला हिसां बिरुद्ध सशक्त ढंगले लागौं ।

(लेखक नागरिक अस्पताल, गठ्ठाघर, भक्तपुरको मेडिकल कोअर्डिनेटर हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । काठमाडौँ उपत्यकामा थप १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौँ

shankar-pokharel

काठमाडौँ, ८ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा नेपालहरुको महान् चाड विजया दशमीको शुभकामना व्यक्त गर्नुभएको छ । आज

काठमाडौँ, ८ कार्तिक । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला

काठमाडौँ, ८ कार्तिक । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि सरकारले ल्याउन लागेको ‘किसान क्रेडिट