भक्तपुरमा नेमिकपामा गयो पहिरो: निर्वाचित जनप्रतिनिधिसहित सयौं कार्यकर्ता नेकपामा प्रवेश

भक्तपुर, २१ असोज । राम चन्द्र प्रजापति । जिल्लाको भक्तपुर नगरपालिकामा सिमित रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सयौं नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । यो सँगै भक्तपुरबाट समेत नेमकिपाको अस्थित्व समाप्तको बाटो तय भएको छ ।

आज नेकपा भक्तपुरका जिल्ला कमिटी अध्यक्ष वचन देउजाको सभापतित्वमा भएको पार्टी प्रवेश कार्यक्रममा नेमकिपाका निर्वाचित जनप्रतिनिधिसहित नेता तथा कार्यकर्ता गरी करिव २०० भन्दा बढी नेमकिपा त्यागी नेकपामा प्रवेश गरेका हुन । नेमाकिपा भक्तपुर नगरपालिकाका वडा नं १ का निर्वाचित सदस्य विश्वराज शिल्पकारको नेतृत्वमा सयौं नेमाकिपाका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन ।

पार्टी प्रवेश गर्दै निर्वाचित वडा सदस्य शिल्पकारले नेपाल मजदुर किसान पार्टी विधि र पद्धतिमा भन्दा नि व्यक्तिवादमा चलेको, पार्टीले क्षेत्रगत दायरा बढाउन नसकेको, राष्ट्रिय राजनीतिमा पहुँच राख्न नसकेको बताउनुभयो ।

नेकपा बागमती प्रदेशका सचिव आनन्द पोख्रेलको प्रमुख अतिथ्य एवं भक्तपुर पार्टी अध्यक्ष एवं केन्द्रीय सदस्य दिलिप प्रजापति, चाँगुनारायण नगरपालिकाका मेयर एवं नेकपाका केन्द्रीय सदस्य सोम मिश्रलगायतका अतिथिहरुको उपस्थितिमा उनिहरुलाई पार्टी प्रवेश गराउनुभयो । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले नव प्रवेश कार्यकर्ताहरुलाई हैसियत र क्षमता अनुसारको पार्टीमा जिम्मेवारी प्रदान गरिने बताउनुभयो ।

पार्टी प्रवेश हुनेहरुमा विश्वराज शिलल्पकार, रमेश न्याइच्याइ, अनिल न्यौपाने, कान्छाकाजी क्षेत्री, विष्णुप्रसाद सिल्पकार, आशराम गोठे, सुसान सवाल, सगुन सिल्पकार, दिपक शिल्पकार, हरि नारायण शिल्पकार, श्याम कृष्ण शिल्पकार, तुल्सि नारायण कोजु, रमेश कोजु, कृष्ण सुन्दर गोठे, रविन गोठे, रत्नमान बुद्धचार्य, निल कृष्ण गोठे, रन्जना गोठे, अमीन न्याइच्याई, रविन्द्र श्यामा, बुद्धि बहादुर ज्याख्व, केदार गोठे, मोहन गोठे, सुमन सुजखु, कृष्ण बहादुर सिजख्व, रामेश्वर सिन्ताकल, मनिश शिल्पकार, इन्द्र प्रसाद खर्बुजा, श्यामाकृष्ण शिल्पकार, रमेश बल्ल, मनिस शिल्पकार, उज्वाल शिल्पकार, कवि कृष्ण शिल्पकार, आशाराम फाँजु, सुनिल ग्वाछा,त्यस्तै गरि विश्वराम दुलाल, कृष्ण प्रसाद सुवाल, रोशन कासुला, राजेन्द्र कोजु, सुरेश विरबल, राजेश देशेमरु,उत्तम बासुकला, हरि राम सितिखु, राजु कुचुमणी, रत्न गोपाल खार्बुजा, सिजन अधिकारी, माधव कुमार कार्की, रमेश धोपला, राजेन्द्र देशेमेरु, महेश श्रेष्ठ, लक्ष्मी प्रसाद याकामी, रामेश्वर बोहरा, सालिक राम खत्रि, हरि बहादुर थापा, सन्दिप थापा, महेश्वर बोहरा, गणेश कुमार मचामसी, शिवराम सुकुपायो, चन्द्रभक्त मचामासी, उत्तम बाहाला, कृष्ण बाहाला, कृष्ण प्रसाद खायमली, पुरुषोत्तम बोहरा, गोबिन्द बोहरा, इन्दिरा भट्टराई, प्रदिप बस्नेत, राजकुमार बस्नेत,राजेन्द्र खत्री, नरहरी थापा, हरिप्रसाद सुवाल, सरिता थापा, मनोज थापा, मिना खड्का, प्रभा ढुङ्गना, रमिला कार्की, राजु प्रधान, सर्मिला कार्की, विजय योधो, पुर्ण बहादुर खुलिमुलि, विजय खड्का, लक्ष्मी खड्का, प्रकाश खत्री, गणेशलाल खिचाजु, बाबुराजा खिचाजु, गणेशमान खिचाजु, कृष्ण प्रासद खिचाजु, हरि लक्ष्मी खिचाजु, पुण्यश्वरी खिचाजु, केशरी खिचाजु, सपना खिचाजु, रविना खिचाजु, सोनी खिचाजु, सरिता खिचाजु, पुजा खिचाजु, सविना खिचाजु, रेखा खिचाजु, प्रमिला खिचाजु, सगुन खिचाजु, बलराम खड्का, सुमित्रा न्यौपाने, भैरब खड्का लगायतका सयौं कार्यकर्ताहरु छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आमा मिथिला पाण्डेका हातबाट विजयादशमीको टिका ग्रहण गर्नुभएको छ । राष्ट्रपति

काठमाडौँ, १० कार्तिक । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन

काठमाडौँ, १० कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले विजयादशमीलगायतका पर्वहरुले मुलुकमा आइपर्ने विपत्ती सामना गर्ने सामर्थ्य प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको

काठमाडौँ, १० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर दसैं मनाउन सबै नेपाली दिदीबहिनी