स्थगित शैक्षिक संस्था लगायतका परीक्षा सञ्चालन गर्न सरकारको अनुमति

काठमाडौँ, २१ असोज । सरकारले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सैद्धान्तिक सहमति दिएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि स्थगित भएका परीक्षा अब सञ्चालन गर्ने बाटो खुला भएको बताएका छन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा गत असोज १९ मा बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गर्न सक्ने स्वीकृति दिएको हो ।

प्रवक्ता ज्ञवालीका अनुसार परीक्षा सञ्चालन गर्दा केन्द्र, प्रदेश र स्थानीय तहले अपनाउने भनेका स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य लागू गर्नुपर्नेछ । यस्तै, सरकारले तालिम सञ्चालन गर्न सक्ने पनि अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

अमेरिका, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले तीन वर्षअघि सगरमाथाको काखबाट जलवायु परिवर्तनको जोखिमबारे चेतावनी दिएकोमा अहिले

काठमाडौँ, ७ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate

काठमाडौँ, ६ असोज । बजारमा अनारको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकका

काठमाडौँ, ६ असोज । आज सेयर बजार ७.०६ अंक बढेको छ । यो वृद्धिपछि नेप्से परिसूचक २६५४ अंकमा कायम भएको छ