राष्ट्रपति भण्डरीद्वारा कुवेती अमिरलाई बधाई: दुईपक्षीय सम्बन्ध अझ विस्तार हुने विश्वास

काठमाडौँ, २१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले कुवेतको अमिरका रूपमा पदभार ग्रहण गर्नुभएकोमा शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहलाई बधाई दिनुभएको छ ।

बधाई सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले सन् १९७२ मा नेपाल र कुवेतबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएदेखि उत्कृष्ट सम्बन्ध रहेको औँल्याउनुभएको छ । राष्ट्रपति भण्डारीले दुईपक्षीय सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयले जनाएअनुसार बधाई तथा शुभकामना सन्देशमार्फत राष्ट्रपति भण्डारीले मित्रराष्ट्र कुवेत र त्यहाँका जनताको निरन्तर प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर दुरुपयोग गर्दै भारतीय खुफिया एजेन्सीसँग गरिएको भनिएको भ्रामक सम्झौतासम्बन्धि समाचारबारे प्रेस काउन्सिल

shankar-pokharel

काठमाडौँ, ३ बैशाख । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमालेइतरका राजनीतिक दलहरू अविश्वास प्रस्तावको कसरतमा जुटेका छन् । वर्तमान मुख्यमन्त्री

काठमाडौँ, ३ बैशाख । नेपाल विद्युत् प्राधिकरणले अब भारतको खुल्ला बजार अर्थात् विद्युत् एक्सचेन्ज मार्केटबाट विद्युत् किन्न पाउने भएको छ । 

काठमाडौँ, ३ बैशाख । झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021