खाद्यान्न अभाव हुन नदिन सरकारद्वारा व्यवस्थापन तिव्र: मन्त्री भट्ट

कैलाली, २० असोज । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशभर खाद्यान्न अभाव हुन नदिन सरकार लागि परेको बताउनुभएको छ ।

प्रेस सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले चाडपर्वका बेला खाद्यान्न अभाव हुने दुर्गम जिल्लामा सरकारले खाद्यान्न अभाव नहुने गरी व्यवस्थापन गरिरहेको बताउनुभयो ।

देशका दुर्गम जिल्लामा खाद्यान्नको अवस्थाका बारेमा सरकारले जानकारी लिने गरेको बताउँदै उहाँले वर्षभरी खाद्यान्न अभाव हुन नदिन सरकारले व्यवस्थापनको काम गरिरहेको बताउनुभयो । मन्त्री भट्टले कोरोनाका बेला पनि देशैभर आपूर्तिको समस्या नभएको उल्लेख गर्दै चाडपर्वका बेलामा हुने कालोबजारी नियन्त्रणका लागि देशभर बजार अनुगमनलाई प्रभावकारी बनाइने बताउनुभयो । उनले महँगी नियन्त्रणका लागि सरकार लागिपरेको समेत दाबी गर्नुभयो ।

मन्त्री भट्टले कोरोना भाइरसका कारण देशको अर्थतन्त्रमा नराम्रो प्रभाव परेको उल्लेख गर्दै त्यसलाई चलायमान बनाउन सरकार अघि बढेको बताउनुभयो । कोरोनाका कारण उद्योग, कलकारखाना पूर्ण रुपमा सञ्चालनमा आउन नसेको बताउँदै उहाँले नेपाल सरकारको मातहतमा रहेका उद्योगको स्तरवृद्धि गर्न मन्त्रालयले समिति गठन गरेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले देशका विभिन्न जिल्लामा सरकारले घोषणा गरेका विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रको काम सन्तोषजनक भइरहेको उल्लेख गर्दै कैलालीको डुडेझारी र कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको सबै काम सकिएर शिलान्यासको चरणमा प्रवेश गरेको जानकारी दिनुभयो । दोधरा–चाँदनी सुख्खा बन्दरगाहको काम अघि बढिसकेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिया, ५ कार्तिक । बर्दियाको मधुवनमा बाघकाे आक्रमणबाट एक महिलाको ज्यान गएको छ । सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन नगरपालिका

धादिङ, ५ कार्तिक । कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल

तनहुँ, ५ कात्तिक । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

चितवन, ५ कार्तिक । चितवनमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड अस्पतालमा मंगलबार गरिएको