कलाकार हरिवंश आचार्यलाई कोरोना पुष्टि

काठमाडौँ, २० असोज । कलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कलाकार आचार्यले आज सामाजिक संजाल फेसबुकमार्फत आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । आचार्यका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्नुहुन अनुरोध छ ।’ उनले आफूहरुको सम्पर्कमा रहेकाहरुलाई होम आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दमक, १५ कार्तिक । गुडिरहेको मोटरसाइकलबाट खसेर घाइते भएकी झापा गौरीगन्ज गाउँपालिका ५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारका क्रममा

काठमाडौँ, १५ कार्तिक । नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान

कञ्चनपुर, १५ कार्तिक । वन पैदावारसम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका तीन प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर

भक्तपुर, १५ कार्तिक । भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गएको छ । जिल्लामा आज बिहानसम्ममा कोरोना