सिकाइ निरन्तरतालाई प्राथमिकता दिन मन्त्री पोखरेलको आग्रह

काठमाडौँ, २० असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्कटको घडीमा विद्यार्थीको सिकाइ निरन्तरतामा प्रमुख प्राथमिकता दिन शिक्षक र सरोकार भएकालाई आह्वान गरेका छन् ।

विश्व शिक्षक दिवस–२०२० का अवसरमा विश्वस्तरमा भर्चुअलरुपमा आयोजित कार्यक्रमको दक्षिण एशियास्तरीय समूहगत छलफलमा (प्यानल डिस्कसन) नेपालका तर्फबाट सम्बोधन गर्दै उनले ज्ञानको हस्तान्तरण र निर्माणमा शिक्षकको महत्वपूर्ण भूमिका हुने तथा गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शिक्षक आवश्यकपर्ने भएकाले उत्कृष्ट नतिजा दिन हर–हमेशा आफूलाई अब्बल सावित गर्न शिक्षक समुदायमा आग्रह गरे । मन्त्री पोखरेलले कोरोना महामारीपछि वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइमा निरन्तरता दिइएको र यसमा शिक्षक समुदायले उल्लेखनीय भूमिका निर्वाह गरिरहेको पनि स्पष्ट पारे । सन् १९९४ मा संयुक्त राष्ट्रसङ्घले शिक्षण पेशा र पेशाकर्मीको काम, कर्तव्य र अधिकार सम्बन्धी सिफारिसको सम्झना र समीक्षा गर्न हरेक अक्टोबर ५ मा यो दिवस मनाउँदै आएको छ । यस वर्षको दिवसका अवसरमा २४ घण्टा डिजिटल ¥यालीका रुपमा हरेक मुलुकको समय र पालोअनुसार छलफल गराइएको थियो ।

सार्क शिक्षक महासङ्घका महासचिव लक्ष्मण शर्माले नेपाल र दक्षिण एशियामा महामारीमा विद्यालय र शिक्षामा देखिएका चुनौतीबारे मन्तव्य दिनुभएको थियो । छलफलमा कोभिड– १९ पछि शिक्षा क्षेत्र र शिक्षक समुदायमा परेको असरबारे विभिन्न कार्यपत्र प्रस्तुत गरिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ कार्तिक । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी, एक

काठमाडौँ, ६ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल भक्तपुरले एकतालाई पूर्णता

काठमाडौँ, ६ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५५२ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.

काठमाडौँ, ६ कार्तिक । घोडाघोडी नगरपालिकाका उपप्रमुखले वडा कार्यालय हस्तान्तरणको कार्यक्रमस्थलमा नै सिलालेखमा ढुंगाले हानेको थुकेको दृश्य गतहप्ता सामाजिक सञ्जालमा