अमेरिकाको नयाँ नीतिले लोकतन्त्रको खिल्ली उडायो : प्रवक्ता श्रेष्ठ


काठमाडौँ, २० असोज । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेण्ठले अमेरिकी सरकारले निरङ्कुश पार्टीको सदस्यता लिनेलाई नागरिकता नदिने नीतिले लोकतन्त्रको खिल्ली उडाएको बताएका छन् ।

मंगलबार एक टवीट गर्दै उनले भनेका छन्, यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको छ । यही हो ‘नमुना पुँजीवादी लोकतन्त्र ! ’

अमेरिकाले हालै आफ्नो आप्रवासी नियम परिवर्तन गरी अब कम्युनिष्ट पार्टीका सदस्य वा सोसरहको पदमा रहेकाहरुले अमेरिकाको स्थायी बसोवासको अनुमति वा नागरिकता नपाउने व्यवस्था गरेको छ ।

गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस ९यूएससीआईएस०ले जारी गरेको घोषणा अनुसार अमेरिकाको राष्ट्रिय सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । निर्माता छविराज ओझाले अब नयाँ चलचित्र बनाउने तयारी गरेका छन् । आफैले निर्माण गरेको चलचित्र ‘कसले चोर्यो

काठमाडौँ, १४ कार्तिक । गायिका दिपा तामाङको ‘फेसबुकमा फोटो छ’ बोलको गीत रिलीज भएको छ । सार्वजनिक गीतमा गायिका तामाङ

काठमाडौँ, १२  कार्तिक । नायिका सुहाना थापाले यस बर्षको दशैं आफ्ना पिता सुनिलकुमार थापा र आमा झरना थापाको साथमा मनाएकी छिन्

मुम्बई, १२ कार्तिक । बलिउड लागुऔषध मुद्दामा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले अभिनेत्री दीपिका पदुकोणकी म्यानेजर करिश्माप्रकाश झालाई बयानका लागि