काठमाडौँ, २० असोज । प्रतिनिधि सभाका सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सांसद चौधरीले सामाजिक संजाल फेसबुकमार्फत आफु कोरोना पोजिटिभ भएको पुष्टि गरेकी छन ।
उनले भनेकी छन, ‘हिजोको PCR परीक्षणले ममा कोरोना-पोजिटिभ देखियो । यसबीचमा मेरो सम्पर्कमा रहनुभएका सबै साथीहरु एवं महानुभावहरुले पिसिआर गरि सावधानी अपनाउनाउनु हुन हार्दिक अनुरोध गर्दछु ।’