काठमाडौँ, २० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन ।
तीन दिनअघि अस्पताल भर्ना भएका राष्ट्रपति ट्रम्प कोरोना रिपोर्ट पोजेटिभ आएपछि डिस्चार्ज भएका हुन ।
उनले छिट्टै नै चुनाव प्रसार सुरु गर्ने बताएका छन । ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर लैजानु सुरक्षित भएकाले अस्पतालबाट डिस्चार्ज गरिएको डाक्टरले बताएका छन् ।
राष्ट्रपति ट्रम्पले अब ह्वाइट हाउसबाट नै आफ्ना सबै काम गर्ने तय भएको बीबीसीले जनाएको छ । अब उनको उपचार ह्वाइट हाउसमै हुनेछ ।