सांसद बस्नेतको आक्रोसः केही मिडियाले बचाएर जोगिएको कांग्रेसलाई अब पशुपतिनाथले बचाउन

काठमाडौँ, २० असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले स्थायी राजधानी तथा नामाकरणको बारेमा प्रदेश नं. ५ को प्रदेश बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुर्सी, माइक तथा टेवल फुटाएकोमा दुःख व्यक्त गर्दै विगतमा केही मिडिया, दलाली, भ्रष्टाचारीलगायतले बचाएको कांग्रेसलाई अब पशुपतिनाथले बचाउन भन्दै आक्रोस व्यक्त गर्नुभयो ।

सोमबार दिउँसो बुटवलमा कांग्रेस सांसदले प्रदेशसभाभित्र तोडफोड गरेको भन्दै सांसद बस्नेतले आक्रोस व्यक्त गर्नुभएको हो । बैठकमा सभामुख पूर्णबहादुर घर्तीले विरोधको सम्मान गर्ने तर सभाको कारबाही अगाडि बढाउने भन्दै प्रदेशको नाम र स्थायी राजधानीसम्बन्धी प्रस्तावमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई समय दिनुभएको थियो । त्यसमा कांग्रेसका सांसदहरुले विरोध जनाएका थिए । त्यस पश्चात प्रदेशसभाको बैठक भइरहँदा कांग्रेस सांसद बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवार तोडफोडमा उत्रनुभएको थियो । अन्य केही सांसदले पनि उहाँहरुलाई साथ दिनुभएको थियो । नाराबाजी गरिरहेका सांसदहरुमध्ये बसिरुद्दिन खाँले पहिलो रोमा रहेको कुर्सी उचाले र टेबलमा पछार्नुभयो । त्यस्तै उहाँलाई पछ्याउँदै अष्टभुजा पाठक र बैजनाथ कलवारले पनि कुर्सी उचालेर पछार्नुभयो । त्यसपछि कांग्रेस नेताहरु बस्ने कुर्सी, टेबल र माइकहरु छताछुल्ल भए ।

सोही प्रसङ्गमा आक्रोस व्यक्त गर्दै सांसद बस्नेतले हात्तीको देखाउने दाँत र चपाउने बंगारा फरक हुन्छ भने जस्तै कांग्रेसको पनि लोकतन्त्र देखाउने दाँत मात्र नभएको बताउनुभयो । विगतका गल्तीलाई सच्याएर अघि बढ्नुपर्नेमा कांग्रेसले पुनः तोडफोड, अराजकतालाई बैधानिकता दिई आफ्नो राजनीतिक अस्थित्व समाप्तको बाटोमा अघि बढेको उहाँले बताउनुभयो । आम नेपाली जनताको नजरमा कांग्रेस पूर्णरुपमा गिरेको उल्लेख गर्दै सांसद बस्नेतले वास्तविक कांग्रेसका रबैया, हल्ला, अफवाह, भ्रमको खेती, अराजकता र तोडफोड नै भएको दावी गर्नुभयो ।

सोमवार उहाँले आफ्नो सामाजिक सञ्जाले फेसबुकमा भन्नुभएको छ, ‘बुटवलको केही कांग्रेसको आराजकता प्रदेश सभामा कसरी प्रकट होला भन्ने लागेको थियो । आजको रोस्ट्रम घेराउ र तोडफोडबाट आम जनसमुदाय स्पष्ट भएका छन् । कांग्रेसको लोकतन्त्र देखाउने दाँत मात्र हो । वास्तविक कांग्रेसको रबैया, हल्ला, अफवाह भ्रमको खेती, अराजकता र तोडफोड नै हो । मुख्य मन्त्रीको गाडी तोडफोडबाट गल्ती सचाएर अगाडि बढ्नु साटो अराजकता र तोडफोडलाई बैधानिकता दिएर पो अगाडी बड्यो त । केही मिडियाले बचाएर जोगाएको कांग्रेस अब पशुपतिनाथले बचाउन ।’

प्रदेश नम्बर ५ को प्रदेशसभामा सोमबार तोडफोडमा उत्रिएका तीनजना प्रदेशसभा सांसदलाई नेपाली कांग्रेसले अनुशासनको कारवाही गर्ने भएको छ । संसदमा तोडफोड गर्नु नेपाली कांग्रेसको सिद्धान्त र मान्यता विपरीत कार्य भएको भन्दै कांग्रेसको अनुशासन विभागले प्रदेशसभा सदस्य बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवार कारवाही गर्ने भएको हो ।

आइतवार साँझ कांग्रेसका कार्यकर्ताद्वारा काठमाडौँबाट बुटवल जाँदै गरेको मुख्यमन्त्री पोखरेलको गाडीमाथि बुटवलको चौराहमा ढुंगा प्रहार भएको थियो । आक्रमणबाट मुख्यमन्त्री पोखरेल सवार गाडी र उहाँको स्कर्टिङमा रहेका दुई वटा अगुवा र पछुवा गाडीमा समेत क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आमा मिथिला पाण्डेका हातबाट विजयादशमीको टिका ग्रहण गर्नुभएको छ । राष्ट्रपति

काठमाडौँ, १० कार्तिक । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन

काठमाडौँ, १० कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले विजयादशमीलगायतका पर्वहरुले मुलुकमा आइपर्ने विपत्ती सामना गर्ने सामर्थ्य प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको

काठमाडौँ, १० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर दसैं मनाउन सबै नेपाली दिदीबहिनी