पछिल्ला केही दिनमा नागरिक उड्डयन तथा हवाई क्षेत्रमा ५ महत्वपूर्ण उपलब्धी (सूचीसहित)

काठमाडौँ, १९ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वको स्थायी सरकार बनेसँगै विकास र समृद्धिका सवै ढोकाहरु खुल्ला भएका छन् । विगतमा योजना बनेका तर कार्यान्वयवन हुन नसकेका तथा नयाँ योजनाहरुका साथ वर्तमान सरकार तथा विभागीय मन्त्रायलयहरु दृढताका साथ अगाडी बढेका छन् ।

यसै सवालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी मन्त्री योगेश कुमार भट्टराईले संहालेसँगै हवाई क्षेत्रमा आमुल परिवर्तन आएको छ । नेपालमा सञ्चालिन विमानस्थल तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली हवाई उडानले व्यापक मात्रामा सुधार गरेको छ । यस्तै युरोपीयन मुलुकमा नेपाली जहाजलाई लगाईएको कालोसूची समेत हट्ने तयारी भइरहेको छ । त्यस्तै त्रिभुवन विमानस्थल विकसित मुलुकको भन्दा कुनै कमि नभएको झैं स्तरउन्नती तथा परिस्कृत गरिएको छ ।

मन्त्री भट्टराई भन्नुहुन्छ, ‘हाम्रो संघीयता पारस्पारिक सहयोग र साझेदारीतामा आधारित संघीयता हो । संविधान र संघीयताको सोही मर्म र भावनाको कार्यन्वयन बिमानस्थलहरुको बिस्तारमा तीन तहको लागत साझेदारीबाट शुरु भएको छ । जनताको चाहना र आवश्यकतालाई मध्यनजर गरी लक्ष्य अनुसारका योजनाहरु समयमा नै सम्पन्न हुनेछन् । यो वा त्यो बहानामा रोकीने छैनन् ।’

पछिल्ला दिनमा नागरिक उड्डयन तथा हवाई क्षेत्रमा भएका ५ महत्वपूर्ण र नयाँ कामहरु

१. कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेत बिमानस्थलको बिस्तार र स्तरोन्नती गर्न केन्द्र र प्रदेश सरकारका बीचमा लागत साझेदारी पत्रमा हस्ताक्षर ९असोज १५ गते० अब बिस्तारको काम अघि बढ्ने,

२. बर्तमान सरकार गठन पछि बझाङमा कालोपत्रे भएको साथै असोज १७ गते परिक्षण उडान सफतापूर्वक सम्पन्न भएको, अब नियमित उडान हुने,

३. बर्तमान सरकार गठन पछि डोटीमा कालोपत्रे भएको साथै असोज १७ गते परिक्षण उडान सफतापूर्वक सम्पन्न भएको, अब नियमित उडान हुने,

४. बर्तमान सरकार गठन पछि बैतडीमा कालोपत्रे भएको साथै असोज १७ गते परिक्षण उडान सफतापूर्वक सम्पन्न भएको, अब नियमित उडान हुने,

५. प्रदेश नं. १ को राजधानीमा रहेको बिराटनगर बिमानस्थलको बिस्तार तथा स्तरोन्नतीका लागि केन्द्र, प्रदेश र बिराटनगर महानगरपालिका बीचमा लागत साझेदारी पत्रमाआज हस्ताक्षर भएको साथै अब बिस्तारको काम अघि बढ्ने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । कोरोनाबाट देशभर थप १७ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना

जनकपुर, १३ कार्तिक । प्रदेश २ मा कात्तिक १४ गते शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले इस्लाम

काठमाडौँ, १३ कार्तिक । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट एक महिनामा २ हजार ५ सयभन्दा धेरैले अनलाइन सेवा लिएका छन् । महाशाखाले

काठमाडौँ, १३ कार्तिक । कोरोना संक्रमणको विस्तार जाडोयाममा अझै बढ्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । उनीहरूका