प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका १६ जना न्यायाधीश होम क्वारेन्टाइनमा

काठमाडौँ, १९ असोज । सर्वोच्च अदालतमा कोरोना संक्रमण छिरेपछि प्रधानन्यायाधीशसहित १६ जना न्यायाधीश होम क्वारेन्टाइनमा बस्नु भएको छ ।

एक जना न्यायाधीश र केही कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित सर्वोच्च अदालतका १६ जना न्यायाधीश होम क्वारेन्टाइनमा बस्नु भएको हो ।

अधिकाशं न्यायाधीश होम क्वारेन्टाइनमा बसेपछि आज दुई जना न्यायाधीश मात्रै सर्वोच्च अदालत पुग्नु भएको छ । ती दुई न्यायाधीश सम्मिलित एकल र संयुक्त इजलासले मात्रै मुद्दाको सुनुवाइ गर्नेछ । सर्वोच्च अदालतमा हाल १९ न्यायाधीश छन् । न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा बाहेकका १६ न्यायाधीश क्वारेन्टाइनमा छन् । एकजना न्यायाधीश भने संक्रमणका कारण आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ बैशाख । माछापुच्छ्रे बैंकले नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र

काठमाडौँ, ३ बैशाख । रुरु जलविद्युत परियोजनाको आईपीओ शुक्रबार  बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रबार बाँडफाँट

काठमाडौँ, ३ बैशाख । आज पनि सुनचाँदीको बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन तोलामा ७ सयले बढेर

काठमाडौँ, ३ बैशाख । कखुरालाई खुवाउने दानाको मूल्य आकासिएको छ । दाना उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ भटमासको पिनाको मूल्य

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021