प्रधानमन्त्री ओलीका सञ्चार विज्ञलाई कोरोना पुष्टि

काठमाडौँ, १९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार विज्ञ रामशरण बजगाईलाई पनि कोरोना पुष्टि भएको छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत बजगाईले आइतबार आएको रिपोर्टमा आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिए । बजगाईले आफूलाई कोरोना पुष्टि भएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । आफ्नो सम्पर्कमा आएकालाई स्वाव परिक्षण गराउन पनि उनले आग्रह गरेका छन् ।

यसअघि १७ असोजमा प्रधानमन्त्रीका परराष्ट्र सल्लहाकार राजन भट्टराई, प्रेस सल्लाहाकार सूर्य थापा, प्रमुख राजनीति सल्लहाकार विष्णु रिमाल र स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ

काठमाडौँ, ११ कार्तिक । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने तीन दिने नेपाल भ्रमणका लागि नोभेम्बर ४ तारिखमा नेपाल

गुल्मी, ११ कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । नगरपालिका वडा

काठमाडौँ, ११ कार्तिक । हास्य कलाकार मनोज गजुरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण