काठमाडौँ, १९ असोज । विश्वमा अहिलेसम्म २ करोड ६६ लाख १३ हजार १३२ जनाले कोरोनालाई जितेका छन् ।
यस्तै एकै दिन २ लाख ४९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या ३ करोड ५३ लाख ८९ हजार ६७२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजारभन्दा १३ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १० लाख ४१ हजार ५४३ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म ७७ लाख ३३ हजार ४८८ जनामा सक्रिय संक्रमण छ । जसमध्ये ६६ हजार ४२३ को अवस्था गम्भीर छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख २५ हजार ५३ जनाको मृत्यु भएको छ । ५३ लाख ३६ हजार २०० जना संक्रमित भएकोमा २८ लाख ८३ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख १६ हजार २८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ९१ लाख २३ हजार ९७२ पुगेको छ । त्यसमध्ये ५९ लाख २९ हजार ६७१ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा २ लाख १ हजार ५०४ जनाको मृत्यु भएको छ । १ करोड १० लाख ८५ हजार ९५५ जना संक्रमित भएकोमा ९३ लाख ६९ हजार ४३९ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ६१ हजार ४३२ जनाको मृत्यु भएको छ । ८२ लाख ८६ हजार ८२७ जना संक्रमित भएकोमा ७१ लाख ४० हजार ९४७ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरूमा ३६ हजार ५६९ जनाको ज्यान गएको छ भने १५ लाख २२ हजार ९२८ संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ६० हजार ३९१ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ९३६ जनाको मृत्यु भएको छ । ३१ हजार ५५४ जना संक्रमित भएकोमा २८ हजार ७९१ जना संक्रमणमुक्त भएका छन् ।