काठमाडौँ, १९ असोज । कोरोना सङ्क्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यमा सुधार भएको बताउनुभएको छ । ट्रम्पको स्वास्थ्यबारे विभिन्न अड्कलबाजीहरु भइरहेका बेला ट्वीटरमा भिडियो पोष्ट गर्दै उहाँले आफ्नो स्वास्थ्यमा सुधार भएको महशुस गरेको बताउनुभएको हो ।
डाक्टरले पनि ट्रम्पको स्वास्थ्य राम्रो भइरहेको र सङ्क्रमण पुष्टि भएयता पनि उल्लेख्य सुधार आएको जनाएका छन् । चार मिनेट लामो भिडियोमा ट्रम्पले वाशिङ्टनमा रहेको द वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टरका डाक्टर तथा नर्सहरूलाई धन्यवाद दिनुभएको छ । उहाँले आफू चुनाव प्रचारप्रसारमा फर्किन चाहेको बताउनुभएको छ ।