बेलायतमा २४ घण्टामा २३ हजार कोरोना संक्रमित थपिए

काठमाडौँ, १९ असोज । पछिल्लो २४ घन्टाभित्र बेलायतमा झन्डै २३ हजार कोरोना संक्रमित थपिएका छन् । 

करिब दुई हप्ताअघि दैनिक तीन हजार भन्दा कम संक्रमित रहेको बेलायतमा आइतबारको सार्वजनिक तथ्यांक अनुसार सात गुणाले वृद्धि भएको छ । 

आइतबार राति करिब साँढे नौ बजे सार्वजनिक गरिएको तथ्यांक अनुसार २४ घन्टामा थप २२ हजार ९ सय ६१ जना नयाँ संक्रमित पुष्टि भएको  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । शनिबार सार्वाजनिक तथ्यांकमा पनि अघिल्लो दिनको तुलनामा झन्डै दोब्बर अर्थात १२ हजार ८ सय ७२ नयाँ संक्रमित थपिएका थिए ।

यसैगरी गएको २४ घन्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ हजार ३ सय ५० पुगेको छ । यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ । आइतबार सार्वजनिक गरिएको तथ्यांक अनुसार बेलायतमा ५ लाख २ हजार ९ सय ७८ जना संक्रमित भएका छन् । 

हाल बेलायतका अस्पतालमा २ हजार ४ सय २८ जनाको कोरोना सम्बन्धि उपचार भैरहेको छ भने ३ सय ६८ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ माघ । थप ३ सय ३६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६८ हजार ६

काठमाडौँ, ८ माघ । अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीलाई कोरोनाविरुद्धको निःशुल्क र गुणस्तरीय खोप उपलब्ध गराउन सरकार लागेको बताएका छन् ।

काठमाडौँ, ८ माघ । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज नेपाल आएको छ । केहीबेरअघि एयर इन्डियाको विमानबाट

काठमाडौँ, ८ माघ । ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानलाई अन्तिम रूप दिएको प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले