संसद भवन निर्माणले गति लियो, दुई वर्षमा सक्ने लक्ष्य

काठमाडौँ, १९ असोज । सिंहदरबारभित्रको पुतली बगैचामा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते शिलान्यास गर्नुभएको राष्ट्रिय सभा तथा संघीय संसद् भवनको निर्माण कार्य धमाधम भैरहेको छ ।

विशेष भवन निर्माण आयोजनाका प्रमुख दिलिप भण्डारीका अनुसार भवन निर्माणको काम १० प्रतिशत सम्पन्न भएको हो । उहाँले कोभिडका कारणले निर्माण सामाग्रीको सहज उपलब्धता हुन नसक्दा सोचेको जस्तो प्रगति हात पार्न नसकेको बताउनुभयो । तीन बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो भवननको निर्माणमा त्यस्तो समस्या नआएमा तोकिएकै समयमा सम्पन्न हुने उहाँले बताउनुभयो ।

विशेष भवन निर्माण आयोजनाका प्रमुख भण्डारीका अनुसार उक्त भवन निर्माणको लागत सात अर्ब ७३ करोड ५२ लाख चार हजार रुपैयाँ अनुमान गरिएको छ । तर निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेन्चरले पाँच अर्ब ६७ करोड २७ लाख ६१ हजारमा निर्माण कबुलेर निर्माणको काम गरिरहेको छ ।

निर्माण सुरु गरेको तीन बर्षमा वर्षमा भवन तयार हुने मन्त्रालयको भनाइ छ । मन्त्रालयले तयार पारेको डिजाइन अनुसार तोकिएकै समयमा संसद भवन निर्माण भए अहिलेकै संसदका साथै आगामी निर्वाचन भएर बन्ने अर्को प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने रकम जोगाउने गरि निर्माणको कार्य भैरहेको उहाँले बताउनुभयो ।

सिंहदरबार भित्रै भएको प्रतिनिधिसभा भवन पुरानो र सानो भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ । २०६४ साल चैतमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनदेखि नै संसद बैठक सम्मेलन केन्द्रमा सञ्चालन गरिएको छ ।

प्रतिनिधि सभाको ग्राउण्ड फ्र्लोरको काम भैरहेको भण्डारीले बताउनुभयो । राष्ट्रियसभाको भवनको ग्राउण्ड फ्र्लोरको काम भईरहेको छ । संसदीय समितिको भवन र सचिवालयको भवनका ढलान कार्य भैरहेको भण्डारीले जानकारी दिनुभयो ।

संसदीय दलका कार्यालयहरु, सेक्युरिटीको भवनको काम तत्कालै सुरु गरिने उहाँले बताउनुभयो । अर्को निर्वाचनवाट विजयी हुने सांसदहरु भवनमै सार्ने तरिकाले काम भैरहेको उहाँले बताउनुभयो । निर्माण कम्पनीले छिटोभन्दा छिटो काम सम्पन्न गर्ने गरि काम गरिरहेको छ । कोभिडको समयमा कामदार र निर्माण सामाग्री समेत रोकिएपछि समस्या भयो तर सामान रोकिएन र नियमित रुपमा काम भयो भने तोकिएको समयमा काम सकिने उहाँले बताउनुभयो ।

संघीय संसद भवन १७३ रोपनी आठ आना क्षेत्रफलमा बन्दैछ । संघीय संसद भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमन लबि, अति विशिष्ट व्यक्तिहरुको लागि कार्यालय भवन, पुस्तकालय र संग्रहालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, चमेना गृह, छपाइ भवन र सात सय वटा सवारीसाधन अट्ने पार्किङ एवं सुरक्षाकर्मीको भवन बन्नेछन् ।

तिनीहरुको केहीको निर्माण कार्य सुरु भैसकेको र केहीको तत्कालै सुरु गर्ने तयारीमा निर्माण कम्पनीले जनाएको छ । प्रतिनिधिसभाको भवन चार सय सिट क्षमताको र राष्ट्रियसभाको भवन एक सय सिट क्षमताको बन्नेछन् । नयाँ भवन निर्माण सम्पन्न भएपछि संघीय संसदका आवश्यक सम्पूर्ण कार्यालयहरु एकै स्थानमा व्यवस्थित ढंगले हुनेछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ बाट लोकेश बमले शतक बनाएका छन् ।  पहिलो टी–२०

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड