नयाँ व्यवस्थापन आएपछि आयल निगममा उल्लेख्य सुधार: यस्ता छन् ३३ वटा महत्वपूर्ण काम

काठमाडौँ, १८ असोज । करिब डेड वर्षअघि निगममा कार्यकारी निर्देशकका रूपमा सुरेन्द्रकुमार पौडेललाई छनोट गरेपछि नेपाल आयल निगमले सुधारको बाटोमा दिर्घकालिन प्रभाव पार्ने गरी कामहरु भएका छन् । विगतमा जस्तो प्रत्यक्ष राजनीतिक हस्तक्षेप नगरी खुला प्रतिस्पर्धाबाट योग्य व्यवस्थापकीय नेतृत्वलाई जिम्मा दिन थालेपछि नेपाल आयल निगममा व्यापक मात्रामा सुधारहरु आएका छन् । आम जनतालाई पेट्रोलियम पदार्थको सहज र सहुलियतपूर्ण आपूर्ति र व्यवस्थापनको जिम्मेवारी पाएको राज्य नियन्त्रित नेपाल आयल निगम पछिल्ला दिनमा सुधारको बाटोतिर अग्रसर हुँदै गएको छ ।

कार्यकारी निर्देशकको नेतृत्वमा भएका निगमका कामहरू मध्ये केहीबाट परिणाम पनि हात परिसकेको छ भने केही कामको परिणाम केही पछि आउनेवाला छ । कार्यकारी निर्देशन सुरेन्द्र पौडेलले नेतृत्व गरेसँगै आयल निगमले उल्लेख्य मात्रामा सुधारको पथमा अगाडी बढेको छ । निर्देशक पौडेलको उत्कृष्ट व्यवस्थापनसँगै देशभरका निगमका कार्यालयहरुले हातमा हात काँधमा काँध मिलाई व्यवस्थित तथा प्रभाकारी ढंगले अघि बढेका छन् । त्यती मात्र नभई प्रधानमन्त्री केपी शर्मा ओलीको पाईपबाट पेट्रोलियम पदार्थ ल्याउने एउटा महत्वकांक्षी योजना समेत सफल भएको छ । केही व्यक्तिगत स्वार्थ बोकेका व्यक्ति, संस्था वा मिडियाले निगमको आलोचना गरे पनि भावी लक्ष्य तथा योजनाहरु आशातित रहेको पाइएको छ । घाटामा रहेको निगमलाई नाफामा लैजानु र पूर्ण रुपमा आधुनिक सुविधासम्पन्न गराई दुर्गम तथा सुगम ठाउँका जनतालाई सुविधा प्रदान गर्नु वर्तमान निगमका कर्मचारी तथा नेतृत्वको महत्वपूर्ण योगदान रहेको छ ।

आयल निगम अमलेखगञ्जले चितवनको राप्ती नगरपालिकाको वडा नं. १ लोथरमा २३ विघा १२ कठ्ठा ३.२५ धुरमा व्यवस्थित भण्डारणको पूर्वाधार निर्माण गर्ने प्रकृया अघि बढाएको छ । त्यस्तै अमलेखगञ्जमा नै ६ विघा १४ कठ्ठा १७.५ घुरमा थप पुनः नयाँ संरचनाहरु निर्माणको क्रममा रहेको छ । पहिलो चरणमा ल्याइएको अहिले पाइपलाइनबाट डिजेल ल्यारहेको ठाउँबाट करिव ९ सय मिटर पाइपलाइन दोस्रो चरणको बन्ने क्रममा रहेको अमलेखगञ्ज आयल निगमका प्रमख भरत रेग्मीले जानकारी दिनुभयो । उक्त दुवै स्थानमा बन्ने संरचना अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने समेत बताईएको छ ।

हालसम्म निगमले गरेको महत्वपूर्ण कार्यहरुको विवरण

१. सहज आपुर्ती व्यवस्थापनमा वोड दिँदै निगमको संस्थागत सुधार र पुर्वाधार निर्माणका सन्दर्भमा काम गरिरहेको,

२. संस्थागत पारदर्शीताका लागि निगमलाई प्राविधीक रुपले जोड्ने र कम्युटराइज्ड प्रणाली कायम गर्नुका साथै भण्डारण क्षमता बढाई अन्य पुर्वाधारले सम्पन्न निगम बनाउने लक्ष्य रहेको,

३. निगमको दिर्घकालिन लक्ष्य, माग आपुर्तीको प्रक्षेपण र रणनीतिक योजना अनुसार काम भइरहेको छ भने संस्थागत शुसासन र फजुल खर्च कटौती,

४. अत्याधुनिक इआरपी प्रणाली प्रयोगमा ल्याउँदै ९पूर्ण डिजिटलाइजेसमा जाने०स् इन्धन कारोबारमा हुने चुहावट नियन्त्रण गर्न, वित्तीय सुशासन कायम गर्दै छिटोछरितो, प्रभावकारी सेवा प्रदान र पेपरलेस अभ्यास गर्न इन्टरप्राइज रिसोर्स प्लानिङ इआरपी सिस्टम जडान गर्न लागेको हो । त्यसका लागि ठेक्का पनि दिइसकेको बताइन्छ । निगमले करिब २३ करोड रुपैयाँ लगानीमा विश्वका तेल उत्पादक तथा वितरक कम्पनीले प्रयोगमा ल्याएको अत्याधुनिक इआरपी सिस्टम प्रयोगमा ल्याउन लागेको छ । निर्देशक पौडेलका अनुसार इआरपी सिस्टमले आइओसीदेखि निगम हुँदै पम्पसम्म डिजिलाइज हुने,

५. करिब नौ महिनामा प्रविधि जडान गर्ने निगमको लक्ष्य रहेको,

६. समयसापेक्ष छिटोछरितो सेवा दिएर चुहावट नियन्त्रण गर्न निगमलाई प्रविधिमैत्री बनाउन लागिएको जसले संस्थालाई व्यावसायिक योजनाअनुसार पारदर्शी रूपमा चलाउन यसले मद्दत गर्ने,

७. प्रविधि जडान गरेपछि निगमको खर्च घट्ने, चुहावट रोकिने र नाफा बढ्ने,

८. ईआरपीमा आयल निगमका लेखा, प्रशासन, वितरण, इन्जिनियरिङसहित सातै प्रदेशका डिपो, शाखा कार्यालय, हवाई इन्धन डिपोहरू एकीकृत सूचना प्रणालीमा जोडिने,

९. निगमले आइओसीबाट लोड गरेर इन्धन लिएर आउने ट्यांकरलाई समेत यो प्रविधिसँग इन्टरलिंक गर्ने,

१०. आफ्नै कम्युटरमा बसेर निगमको सबै कामकारबाही एक क्लिकमा नै हेर्न सकिने र यसले निगमको कार्यक्षमता बढ्ने,

११. बिल काट्नेदेखि भुक्तानीसम्म यही प्रविधिमा इन्टरलिंक गराउने योजना रहेको,

१२. प्रविधि पूर्ण प्रयोगमा ल्याएपछि पम्प सञ्चालक र ग्यास उद्योगी भौचर बोकेर निगममा धाउनुनपर्ने र आईओसीका डिपोमा पुगेर कुन ट्यांकरले कति बजे तेल लोड ग¥यो, ट्यांकर कहाँ छ भन्ने सम्मको सूचना निगमको केन्द्रीय सर्भरमा आउने व्यवस्था हुने,

१३. निगमले बाराको अमलेखगन्जमा ८२ लाख लिटर पेट्रोल भण्डारण गर्नेगरी पूर्वाधार निर्माण गर्ने,

१४. ४१ लाख लिटरका दुई वटा पेट्रोल ट्यांकी निर्माण गर्न लागिएको,

१५. नयाँ निर्माण गरिने भण्डारणमा आगलागी भएमा रिमोर्टको माध्यमबाट नियन्त्रण गर्न सकिने प्रविधिको जडान गरिने,

१६. पाइपलाइनबाट हाल डिजेल मात्र आयात भइरहे पनि दोस्रो चरणमा पेट्रोल ल्याउन भण्डारण क्षमता बढाउन लागिएको,

१७. २४ वटा ट्यांकर एकैपटक लोड गर्न सकिने व्यवस्था गर्न लागिएको,

१८. आईओसीले पठाएको तेलको गुणस्तर उपयुक्त छ कि छैन भनेर परीक्षण गर्न सकिने अत्याधुनिकस्तरको प्रयोगशाला पनि निर्माण गर्न लागिएको,

१९. पाइपलाइनबाट डिजेल ढुवानी गर्दा प्रतिलिटर दुई रुपैयाँ सस्तो पर्ने साथै एक वर्षको अवधिमा एक अर्बभन्दा बढी ढुवानी रकम बचत भएको,

२०. चालकले तेल चोर्न नसक्ने

२१. तेल चुहावट नियन्त्रण रोक्न निगमले अहिले सेक्युरिटी लकिङ सिस्टम जडान गरेको छ । यसले चुहावटमा केही कमी आएको,

२२. निगमले ट्यांकरलाई आफ्नो निगरानीमा राख्न डिजिटल भेइकल ट्रयाकिङ सिस्टमलाई यही ईआरपी सिस्टममा जोड्ने योजना बनाएको,

२३. जडान खर्च एक वर्षमै उठ्ने

२४. कोभिड–१९ को प्रकोपले लकडाउन भएर तेल खपत कम हुँदा पनि आर्थिक वर्ष ०७६/७७ मा करिब १ खर्ब ४७ अर्ब रुपैयाँको तेल आईओसीबाट ल्याएको,

२५. मासिक अर्बौं रुपैयाँ पहिलै नै भुक्तानी दिँदा ब्याज घाटा भएको र ईआरपी जडानपछि तेल लोड हुँनासाथ भुक्तानी दिने व्यवस्था गर्दा निगमलाई करोडौं बचत हुने, अहिले पहिला भुक्तानी दिने रकम बैंकमा रहँदा त्यसको एक वर्षको ब्याजले नै लागत उठ्ने अनुमान,

२६. ट्यांकर चालकलाई पहिलोपटक कालोबजारी मुद्दा

२७. विराटनगरस्थित नेपाल आयल निगमले पछिल्लो एक वर्षमा डिपो सुधारमा उल्लेख्य प्रगति हासिल गरेको छ । दसौं वर्षदेखि समस्याका रूपमा रहेको डिपोको ‘टेम्प्रेचर लस’को अवस्थामा एक वर्षको अवधिमा व्यापक सुधार आएको हो । डिजलमा ०.३२ प्रतिशतभन्दा बढी लस जान नहुने भनी लक्ष्य निर्धारण गरिएको थियो । विराटगनर डिपोले लक्ष्य भन्दा निकै कम ०.१ प्रतिशतमा लस सीमित गरेको हो । यस्तै पेट्रोलमा ०.५७ प्रतिशतको सीमा दिइएकोमा ०.२ प्रतिशत लसको अवस्थामा डिपोलाई राखेर निगमको वर्तमान टिमले आफ्नो प्राविधिक र व्यवस्थापकीय क्षमता प्रस्तुत गरेको छ । मट्टीतेलको कारोबार न्यून भए पनि विगतमा घाटा देखिने गरेको थियो । मट्टीतेलमा ०.३२ प्रतिशतसम्म घाटा सीमित गर्ने लक्ष्य दिइएकोमा यो वर्ष मट्टीतेलमा घाटा नभएको,

२८. अघिल्लो आवमा पनि निगमले स्वीकृत नोक्सानीलाई कम गरेर १९ करोड ३८ लाख बचत गरेको,

२९. निगमको जग्गा विभिन्न व्यक्ति वा संस्थाले कब्जा गरेको लागि आफ्नै अधिनमा ल्याई भण्डारणको लागि प्रयोगमा ल्याइएको,

३०. धनुषाको १० विघा र झापाको ५ विघामा समेत आवश्यक संरचना बन्ने क्रममा रहेको,

३१. धनुषामा ग्यास वा पट्रोलियम पदार्थकै भण्डारण गर्ने प्रकृया अगाडी बढेको,

३२. चितवनमा एक करोड ४० लाखको तीन वटा टेंकी जसमा चार करोड, पेट्रोल, दुई करोड लिटरको चारवटा गरी आठ करोड डिजेल, पाँँच लाखको दुईवटा गरी १० लाख मट्टितेलको टेंकी, हवाई इन्धनको लागि तीन वटा ८० लाख क्षमता गरी जम्मा दुई करोड ४० लाख क्षमताको टेंकी बन्ने प्रकृया समेत अघि बढेको,

३३. विकट स्थानमा समेत ग्यास तथा पेट्रोलियम पदार्थका डिपोहरु राख्ने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा